आरुवासटारमा सुविधा युक्त होटल संचालनमा आउने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ३०, २०७४

विवेक अर्याल
धादिङ सिद्धलेक भाद्र ३० ।
धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं. ४ को आरुवासटारमा धादिङ जिल्लाकै सबै भन्दा ठुलो होटल व्यवसाय संचालनमा आउने भएको छ । धादिङ सिद्धलेक ४ का ५ जना युवाहरु मिलेर करिव एक वर्षअघि देखि निर्माण थालिए सँगै सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको हो ।

सिद्धलेक गांउपालिका र समग्र धादिङ जिल्लालाई पर्यटन क्षेत्रलाई विकास गर्ने उद्धेश्यले सुविधा सम्पन्न होटल संचालनमा ल्याउन लागीएको सञ्चालकहरु बताउँ छन् । मलेखु भिलेज एण्ड रिसोर्ट बीच क्याम्प नाम दिईएको होटल यसै वर्ष संचालनमा आउने बताईएको छ ।

पृथ्वी राजमार्गको मलेखु पेट्रोल पम्पदेखि १ किलोमिटर पारी सडक संजालले छोएको आरवासटारको खैरेनी स्थीत त्रिसुली नदी किनारामा करिव १ करोड ५० लाख रकमको करिव २० रोपनी जग्गा खरिद गरी होटलको भवन निर्माण कार्य भैरहेको छ । यसै वर्षवाट संचालनमा आउने कम्पनिका लगानीकर्ता एंव् सिद्धलेक गांउ पालिका वडा नंं ४ का अध्यक्ष रामहरी वराकोटीले बताउनु भयो ।

होटलले करिव ३०० जनालाई रोजगारी दिने अर्का संचालक भरतमणि सिल्वालले बताउनु भयो । होटलमा स्थानिय खाध्य वस्तु र सामाग्रीका परिकार प्रयोगमा ल्याउने बताईएको छ । नजिकै त्रिसुली नदि वगिरहेको छ व्यावसायिक रुपमा ¥याफ्टिङ गराईने छ ।
समुन्दि« सतह देखि १७ सय मिटर माथिको उचाईमा रहेको सिद्धलेक र ढेवालेक डाडांमा हाईकिङ, ट्रेकिङ टुर र त्यहा देखि प्याराग्लाईडिङ र कृषि अवलोकन कार्यको लक्ष्य राखिएको लगानी कर्ता एंव् ट्रेकिङ गाईड राममणि सिलवालले बताउनु भयो ।

होटलमा २ वटा करिव ५०० जना अट्ने क्षमताको अत्याधुनिक प्रविधियुक्त सेमिनार हल , २० वटा आरामदाई कोठा, १ स्विमिङ पुल बालबालिका लागी बालमैत्री खेल मैदान, युवाहरुको लागी छुट्टाछुट्टै फुटबल भलिबल र क्रिकेट खेल मैदान, बृद्धहरुको लागि धार्मिक स्थल र फुलवारी र त्रिसुली नदीको पवित्र जलको स्नान घर समेतको वन्दोवस्त गरिने बताईएको छ ।

सिद्धलेक डाडांसम्म केवलकार राख्ने लक्ष्य राखियको अर्का लगानी कर्ता एंव् पुष्तक व्यवसायी रामशरण सिलवालले बताउनु भयो ।