धादिङबेसी भाद्र २९ । नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान धदिङका अध्यक्ष हिमाल घलेको नयाँ गित सार्वजनिक भएको छ ।
दशैँ नजिकिदै गर्दा स्वदेश तथा विदेशमा हुने मित्र हरु घर फर्किने चटारोमा छन् कति आफ्नो आफन्त, दाजु भाइ दिदि बहिनि र साथी संगीहरु संग वर्ष भरिको तिता मिठा कुरो गर्ने एउटा राम्रो अवसर पनि हो । यसै दशैँलाई लक्षित गर्दै अध्यक्ष घलेले नयाँ गित सार्वजनिक गरेका हुन् ।
यसै दशैँलाई लक्षित गर्दै घले भाषाका प्रथम गायक चन्द्र घले र दर्जनौ चर्चित गीत गायर चर्चा आई सकेका हिमाल घलेले म शहर छोडेर हिनिसके आमा गीति एल्बम बजारमा ल्याएका हुन् ।
गीतको लय र शब्द नेपाली गीत संगीतका एक धरोहर स्रस्टा रमेश बिजीले गरेका छन्, भने सोहि गीत को एरेंजेर चर्चित गाएक सगर बिरहीले गरेको छन् ।
मर्म स्पर्सि मौलिक गीतका शब्दहरु
१. बा लाई टोपी आमालाई पछ्यौरा, चिनी चिऊरा साबुन र मस्यौरा
किनी सके आमा
साथिभाईलाई आऊदैछ भन्द्यौ है, म सहर छोडेर हिनिसके आमा
२. पाऊना आउँदा काँसको थाल थिएन, त्यहि नकिनी मनैले दिएन
किनि सकें आमा
साथिभाईलाई आऊदैछ भन्द्यौ है, म सहर छोडेर हिनिसके आमा
३. सोधेको थें तिम्लाई के किनु, बैनी भन्थिन् मोबाईल ल्याईदिनु
किनिसकें आमा
संगै चाडबाड मनाम्ला भनेर, रात्रीबस चढेर हिनि सकें आमा
४. म भनेसी साथिभाई मर्छन्, एउटा रुमाल भएनि आश गर्छन्
किनिसके आमा
साथिभाईलाई आऊदैछ भन्द्यौ है, म सहर छोडेर हिनिसके आमा
५. खर्च भयो तीस हजार जती, दुई हजारको बजैलाई ओखती
किनिसकें आमा
साथिभाईलाई आऊदैछ भन्द्यौ है, म सहर छोडेर हिनिसके आमा