वक्तृत्वकलामा स्वीकृती अर्याल जिल्ला प्रथम

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २९, २०७४

धादिङबेसी भाद्र २९ । बालदिवसको अवसरमा भएको जिल्ला स्तरीय वतृत्वकला प्रतियोगितामा नीलकण्ठ माध्यामिक विद्यालयबाट स्वीकृती अर्याल जिल्ला प्रथम भएकी छिन् ।

राष्ट्रिय बाल अधिकार २०७४ को उपलक्ष्यमा निलकण्ठ नगरपालिकाको आयोजना र नीलकण्ठ सामुदायिक सिकाइ केन्द्रको संयोजनमा आयोजित बक्तृत्वकला प्रतियोगितामा अर्याल जिल्ला प्रथम भएकी हुन् । “बालमैत्री शासनः बाल अधिकारको सम्मान” शिर्षक राखेर गरिएको वतृत्वकला प्रतियोगितामा जिल्लाभरबाट माध्यामिक स्कुलमा अध्ययनरत १३ स्कुलबाट २६ विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा चण्डेश्वरी माविकी छात्रा रोजिना बराईली द्धितिय, साङ्कोष माविका छात्र रुपेश पौडेल र मनरुपी माविका छात्र सन्दीप गुरुङ तृतिय र बाल मन्दिर माविकी छात्रा आकृति थापाले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । कार्यक्रममका प्रमुख अतिथि जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले एउटा बलियो घर निर्माणको लागि जग देखि नै बलियो हुनुपर्छ भने जस्तै बालकको सुनौलो भविष्यको लागि वर्तमान देखि नै मिहेनत गनुपर्ने बताउनु भएको थियो । आफुले भविष्य राम्रो बनाउने हो भने विगतका दिनबाट जाने तथा आजको दिन राम्रो बनाउन सके भोलीका दिन पनि अवश्य राम्रो हुने समेत प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुनेलाई स्टेशनरीका सामान, नगद रु ७ हजार र प्रमाणपत्र, दृतिय हुनेलाई स्टेशनरीका सामान नगद रु ५ हजार र प्रमाणपत्र , तृतिय हुनेलाई स्टेशनरीका सामान नगद रु ३ हजार र प्रमाण पत्र, र सान्त्वना हुनेलाई स्टेशनरीका सामान नगद रु १ हजार र प्रमाणपत्र प्रदान गरीएको थियो ।

निलकण्ठ नगरपालिकाका कार्यबाहक प्रमुख मनराज भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीको प्रमुख आतित्थ्यता रहेको थियो