काठमाडौ–गंगाजमुना र गल्छी जनसम्पर्क मन्च गठन

Avatar photo
Dhadingpost
आइतवार, भदौ २५, २०७४

धादिङ भाद्र २५ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाबाट काठमाडौ आई विभिन्न पेशा व्यवसाय गर्दै आएका माओवादी केन्द्र निकट उपत्यका-धादिङ जनसम्पर्क मञ्च गंगाजमुनाको प्रथम भेला सम्पन्न भएको छ ।

नेपाल सरकारका सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको प्रमुख आथित्यता रहेको उक्त भेला शनिबार काठमाडौ स्थित नयाँ बजारमा सम्पन्न भएको हो ।

भेलाले कुमारबहादुर अधिकारीको २५ सदस्यीय कार्य समिति गठन गरेको छ । भेलामा माओवादी केन्द्रका सचिवालय सदस्य पुष्पविक्रम मल्ल, जिल्ला अध्यक्ष शालिकराम जमकट्टेल, विष्णु पुकार श्रेष्ठ, रामबहादुर भण्डारी, शंकर अधिकारी, नेकपा माओवादी गंगाजमुना गाउँपालिका इन्चार्ज रामेश्वर सिंखडा, सह इन्चार्ज नवराज अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै उपत्यका धादिङ जनसम्पर्क मञ्च गल्छीको पनि शनिवार नै भेला सम्पन्न भएको छ भेलाल भरत विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरेको थियो ।