धादिङ हिमाली जिल्लामा सुचिकृत

Avatar photo
Dhadingpost
आइतवार, भदौ २५, २०७४

धादिङ, भदौ २५ । पहाडी जिल्ला भनेर चिनिने धादिङ जिल्ला आइतबार देखि हिमाली जिल्लामा कायम भएको छ । संसदको विकास समितिले आइतबार पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको नयाँ वर्गीकरण गरिएको छ जसमा पहिले पहाडी जिल्ला भनेर चिनिने चार जिल्लालाई हिमालमा राखिएको छ ।
जसमा धादिङ सहित रामेछाप, गोरखा र पूर्वी रुकुम हिमाली जिल्लाको वर्गीकरणमा परेका छन् । यसैगरी पूर्वी नवलपरासी भित्री मधेसको जिल्लामा परेको छ । रुकुम बिभाजन भएपछि पूर्वी रुकुमलाई पनि हिमाली जिल्लामा पारिएको छ । पूर्वी रुकुममा सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिका पर्दछन् ।

धादिङ, रामेछाप, गोरखा र रुकुम यसअघि पहाडी जिल्लाको रुपमा रहेको थियो ।