धादिङबेसी भाद्र २१ । धादिङ जिल्लाका १३ पालिकाहरुमा ५ सय ७७ सामुदायिक र ५३ ओटा संथगत विद्यालय गरी ६ सय ३० विद्यालय सञ्चालन स्थानीय तहको निर्वाचनपछि पालिकाले नै संचालन गरिरहेका छन् ।
धादिङबेसीमा मंगलबार भएको जनप्रतिनीधि सम्मान तथा जिल्लाको शैक्षिक नीति बजेटका विषयमा छलफल गर्ने क्रममा पालिकाको मातहतमा ६ सय ३० विद्यालय संचालनमा आएको बताईएको थियो ।
कार्यक्रममा शिक्षा क्षेत्रका लागि नेपाल सरकारको निति तथा कार्यक्रम शिक्षा क्षेत्रमा समग्र बजेटको अवस्था स्थानिय तहमा बजेट विनियोजन र कार्यान्वय, लगायत आगामि शैक्षिक क्षेत्रको योजनाको बारेमा बताइएको थियो ।
वर्तमान परिवेशमा शिक्षाको अवस्था संरचना माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने र माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई हस्तान्तरण गरिने छ । कार्यक्रममा सहभागिहरुले सम्बोधन गर्दै भुकम्पले शौचालय फर्निचर लगायतका सम्पुर्ण संरचनाको क्षति भए पनि पुर्ननिर्माण प्राधिकरणले कक्षाकोठा पुर्ननिर्मालाई मुख्य प्राथमिकतामा राखेर काम सम्पन्न गरेको बताएका छन् । त्यसै गरी शिक्षक तथा प्रधानाध्यापकलाई रहरले होईन आवश्यकताका आधारमा विद्यालय भवन निर्माणको लागि प्रस्ताव गर्न आग्रह गरेका छन् ।
धादिङमा शिक्षा कार्यलयमा २९ दरबन्दीमा १७ जना कार्यरत रहेको छ । नीलकण्ठ माध्यमिक विद्यालय स्रोतकेन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिका प्रमुख उपप्रमुख लगायत निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।