धादिङमा ३३ सयले दोस्रो किस्ताको अनुदान लिए

Avatar photo
Dhadingpost
बुधबार, भदौ २१, २०७४

धादिङबेसी भाद्र २१ । भुकम्प पश्चात्को अनुदान लाभग्राहि सुचिमा नाम परेका लाभग्राही मध्ये ३३ सय जनाले दोस्रो किस्ताको अनुदान रकम पाईसकेका छन् ।

दोस्रो किस्ता स्वरुप पाउने अनुदान रकम १ लाख ५० हजार केहि समय भित्रै २७ सय लाभग्राहिले पाउने पुर्ननिर्माण प्राधिकरणका प्राविधिक रविन्द्र ओझाले बताउनुभयो ।
समता फाउण्डेशनद्धारा सञ्चालित विपन्न सिमान्तकृत र पछाडि परेका समुदायलाई पुर्ननिर्माण कार्यक्रममा समानता र समावेशीकरणको लागि प्रभावकारी अनुगमन परीयोजनाको जिल्ला स्तरीय पैरवि बैठकमा ओझाले यस्तो बताउनुभएको हो ।

यस परियोजना साविकका ज्यामरुङ, खरी र चैनपुर गाविसमा सञ्चालन भईरहेको छ । परियोजनाको मुख्य उदेश्य पुर्ननिर्माणका विषयमा दलित सिमान्तकृत समुदायको समान समावेशीकरण अनुगमन गर्नु हो । पुर्ननिर्माणको लागि पानीको समस्या गुनासोको फर्म भर्न नपाउनु तथा सार्वजनिक भवन निर्माण गर्दा अपाङ्ग मैत्रि निर्माण नभएको जस्ता समस्याहरु देखिएको बताएको छ ।

त्यसैगरी कार्यक्रमको बारेमा स्पष्ट पार्दै परीयोजनाका संयोजक राजन कुमार परियारले समता फाउण्डेशनले सिमान्तकृत समुदाय गरीव दलितसमुदायमा ज्ञान उत्पादनको क्षेत्रमा काम गर्ने बताउनुभयो । साथै स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस गर्ने क्रममा अनुसन्धान गर्न यस फाउण्डेशनले सहकार्य गर्ने अवसर समेत रहेको बताउनुभयो ।
क्रिष्टिएन एड्को सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका अधयक्ष जगन्नाथ नेपालले कार्यक्रममा आएका जतिपनि समस्याका सवालहरुलाई मध्यनजर गर्दै समाधानको लागि पहल गर्ने बताउनुभयो ।