टुकी नेपालद्वारा बाढी पिडितको आवस निर्माणमा सहयोग

Avatar photo
Dhadingpost
शनिबार, भदौ १७, २०७४

धादिङ भाद्र १७ । टुकी नेपाल समाजमा गैर नाफा मुलक र सामाजिक संस्थाको रुपमा परिचय बनाई सकेको संस्था हो ।

स्वास्थ्य, शिक्षा र गरिवी निवारणको क्षेत्रमा काम गरि रहेको गैर नाफा मुलक संस्था टुकि नेपालले चितवान माडीका बाढीपिडितहरुको लागि आवास निर्माणमा सहयोग गर्ने भएको छ ।

भुकम्प पिडितहरुलाई आवास निर्माण, विद्यालय निर्माण, खाद्यान्न, जस्तापाता सहयोग गरि महत्वपूर्ण भुमिका निभाएको टुकि नेपालले माडीमा १२३ घर पूर्ण डुवानमा परेको र माडि नगरपालिकाले आवास निमार्णमा सहयोग जुटाई रहेकाले हामीले सुरुको चरणमा २ लाख २० हजार मेयर ठाकुर ढकाललाई हस्तान्तरण गरेका छौं । यो सुरुको चरण हो आवास निमार्ण सुरुभए सँगै आर्थिक सहयोग पनि गरिदै जाने, टुकि नेपालका अध्यक्ष कमल सापकोटाले धादिङपोष्टलाई बताउनु भयो ।