पुन: घर सर्वेक्षण, भुकम्प पिडितहरुमा खुसी

Avatar photo
Dhadingpost
सोमवार, भदौ १२, २०७४

धादिङ भाद्र १२ । पटक पटक गुनासोमा नाम दर्ता गराउँदा लाभग्राही सुचीमा नपरेका धादिङका वास्तविक भुकम्पपिडितहरु फेरी आफ्नो घर पुन सर्वेक्षण हुने भएपछि हर्षित भएका छन् ।

भुकम्पबाट घर भत्केपछि आफ्नो नाम लाभग्राही सुचीमा नपरेको भन्दै पटक पटक गुनासोमा नाम दर्ता गराउँएको भुकम्प पिपडितहरु बताउँदै आएका थिए । गुनासोमा नाम ननिस्कदाँ निरासा बनेका विशेष गरी उत्तरी धादिङका भुकम्पपिडितहरु यतिबेला भने आफ्नो घर पुन सर्वेक्षण हुनेभएपछि खुसी भएका छन् ।

पटक पटक गुनासोमा नाम दर्ता गराउँदा लाभग्राही सुचीमा पर्न नसक्दा फेरी आफ्नो घर पुन सर्वेक्षण हुने भएपछि अब सरकारले दिदैँ आएका अनुदान रकम पाउने आशा पलाएको भुकम्पपिडित मिन माया तामाङले बताउनुभयो ।

भुकम्प गएको २८ महिना बितिसक्दा समेत गुनासोमा नाम दर्ता गराएका भुकम्पपिडितहरु मध्ये केहीको नाम निस्किए पनि अझैसम्म पनि धादिङमा १६ हजार ४ सयले गुनासोमा नाम दर्ता मात्रै सिमित छन् ।