ताईफुन हाटो पछि मकाउमा सरसफाई गर्दै नेपाली

Avatar photo
Dhadingpost
आइतवार, भदौ ११, २०७४


मकाउ साउन ११ । ताईफुन हाटो पछि मकाउमा सरसफाई गर्दै नेपाली

नेपाली हरूको सफाई अभियान मा ब्यापक सहभागिता मिती २०१७ अगष्ट २३ मा गएको ताईफुन हाटोले मकाउ सहरलाई धेरै जन धनको क्षेती बनायो ।
नेपालको तराईलाई बाढीले दुख दिए जस्तै केहि दिन मकाउमा सामुन्द्रीक आँधी (ताईफुन हाटो) ले प्रभावित बनायो ।

ताईफुन हाटो पछि अस्थब्यस्त भएको मकाउलाई मकाउमा रहेका नेपालीहरुले पहिलो चरणमा सरसफाई अभियान संचालन गरेका छन् ।
मकाउमा रहेका नेपालीहरूले सरसफाई अभियान सहभागिता भई २६ अगष्ट मा आई सि सि सदस्य शान्ति देबि अधिकारी अन्तराष्टि«य नेपाली समाज मकाउको संयोजकप्रजुन कुमार अधिकारी ( Macau Nepalese Bodybuilder and I FBB ) मकाउ बडिबिल्डिगको सभापति बाबा भाई (श्रृजन) र समाज सेबि प्रेम कुमार बि क पश्चिम सेबा समाज को संसोजक तथा रा प्र पा नेपाल को ऊपाध्यक्ष सोनु पन्त को नेतृत्व मा सन्मालो र पुन्टे १६ एरियामा १७० जना भन्दा बढि नेपाली सहभागि मकाउको स्थानिय बासिन्दा र पुलिस प्रसासन मकाउ आई ए सि यम र बिभिन्न कम्पनि हरू संग सहकार्य गरि सफाई सम्पन्न भएको थियो ।

यस्तै कर्ण बाहादुर अधिकारीको नेतृत्वमा रेड मार्केट स्याङ साङताङ पार्क एरियामा ७०-८० जना नेपालीहरूको सहभागिता भई सफाई अभियान गरिएको थियो । अमिर जोशी लेख बाहादुर गुरूङ लगायतको नेतृत्व मा ५०-६० जना नेपालीहरूको सक्रियता तथा स्थानिय बासिन्दा संग सहकार्यमा सोही रेड मार्केट र स्याङ साङताङ पार्क एरियामा सफाई अभियानगरिएको थियो ।

सबै नेपाली जनमानसको भावनामा आपत बिपतको बेलामा सहयोग नगरे कहिले गर्ने त्यसैले हामी सबै नेपाली मिलेर मकाउ सहर सफा गर्नु पर्दछ । हाम्रो कर्मभुमि मकाऊलाई सफा राख्नु र मकाऊ जनतालाई सहयोग गर्नलाई आफ्नो कर्तब्य सम्झेर सबै नेपालीहरूको सहभागिता भएको आभाष सरसफाईले दिएका मकाउबाट प्रजुन अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।


फोटोः प्रजुन अधिकारी मकाउ