धादिङ भाद्र ९ । धादिङको थाक्रे गाउँपालिका ८ मा बनाईएको हाइड्रो पावरको ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ ।
सोप्याङ खोला स्थित रैराङ हाईड्रोपावरको ड्याममा डुबेर १६ वर्षिय सुमन कार्कीको मृत्यु भएको हो ।
१६ वर्ष अघि निर्माण भएको हाईड्रोपावरले बिजुली उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई विक्री गर्दै आएको छ ।
स्थानियले पनि घटना पछि हाईड्रोपावरका कुनै पनि प्रतिनिधी सम्पर्कमा नआएको बताएका छन् ।
सँवेदनशिल र असुरक्षित छ भन्ने थाहा हुँदा हुँदै पछिल्लो समय देशका धेरै स्थानमा स्थानियकै असावधानीका कारण पनि यस्ता घटनाहरु भईरहेका छन् ।
आवश्यक तारबार र सुरक्षाको विषयमा हाईड्रोपावरले उचित ध्यान नदिँदा घटना भएको स्थानियले बताएका छन् । “हामीले दुई तिन वर्ष देखि धेरैपटक तारबार र सुरक्षाको लागि भन्यौँ, तर सम्बन्धित पक्षले कानमा तेल हालेर बस्यो,” स्थानिय यादव सुबेदीले भने, “यहाँको कर्मचारीहरुले हाम्रो ठाउँमा आएर हाम्रै ज्यानको खेलवाड गरे ।” गाउँमा एक जनाको मृत्यु भएपछि स्थानिय आक्रोशित भएका छन् ।