तराइमा पहाडी मास्टरसाबको सकस र बुझाई

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ९, २०७४

गोपाल फ्युबा तामाङ
पृष्ठभुमी
जागिर नपाएर हैन, भविष्यको चिन्ताले शिक्षक सेवा आयोग भिडे पहिलोपल्ट । नाम माविमा निस्किएला कि भनेको निमाविमा निस्कियो । अन्तर्वार्ताको लागि ४.५ नम्बर झोलामा बोकेर ल्याएकाले पनि ५८ औँ वरियतामा नाम पर्यो । अपाङ्ग, महिला र कार्यरतलाई दिएको प्राथमिकताले गर्दा तराइको कुनै जिल्लामा पर्ने अनुमान बमोजिम सर्लाही छाने ।
त्यसपछि मथिङ्गल हल्लियो । तराइमा आन्दोलन चल्दै थियो । पहिले कार्यरत विद्यालयको वार्षिकोत्सव पश्चात सम्पर्कमा गए । जिशिका झोला मार्फत चल्दो रैछ । कार्यलय खोज्दा खोज्दा हैरान । यानेकी पहिलो गासमै ढुङ्गा ।  छान्नु पर्ने विद्यालयहरू दक्षिणमा थियो । लोकेसन थाहा थिएन । हाइवेको दक्षिण भन्नासाथ सबै नाक खुम्चाउथे । जिल्लामा तेस्रो वरियतामा भए पनि सबभन्दा दक्षिणमा पठायो । जहॉ तोकियो त्यही गए ।
यो खवरले मेरो बुबा आत्तिनु भो, छाड्दे भन्नु भो । तै सर सल्लाह गर्दा नछाड्ने सल्लाहको बहुमत भो । म हाजिर गर्न पुगे तपस्वी जगदेव माध्यमिक विद्यालय, रामनगर खैर्वा वहुअर्वा । त्यही दिनदेखि मास्टरसाहेव बने ।
फरक परिवेश आन्दोलनको नारा पहाडिया विरूद्ध लागिरहेको त्यो गम्भिर समयमा म गहुॅगोरो मान्छे यहॉको मानिसको लागि जादु देखाउने चाटुककार झै थियो ।
यहॉ देखेका नौला कुराहरू र भोगेका सकसलाई सिलसिलावद्ध टिपोट गर्ने प्रयास गरिएको छ ।

१. विद्यालयमा पहिलो रात
आएदेखि विद्यालयको एक शिक्षक साथी कहॉ खाने बस्ने गर्थे । उनलाई के मा चित्त बुझेन कुन्नी जाऊ नभनी हिडेछ । स्कूलमा अन्य तीनजना मास्टर पनि बस्थे । म त्यही बस्ने निधो गरे । झोला बिसाए । सरस्वती पूजा भएकोले खाना त्यही बन्यो । आधा चामल आधा भात भएको अधकल्चो भात खाए । सुत्न ठाउॅ खोजेको त पेट फुलेको छ भनेर डबल नसुत्ने घोषणा साथीले गरिदिए । म लामखुट्टेको टोकाइमा रातभर परे ।

२. तालिममा लुछाचुडी
तालिममा पर्नु ठूलै पुरस्कार जिते बराबर रहेछ । मेरो नाम र पद नै नतोकेको भए तालिममा नपर्ने रै छु । तालिमलाई भत्तासॅग जोडेर मूल्याङ्कन गरिदो रैछ । म पनि वधाई सहित गए तालिम केन्द्रमा । तालिममा अन्तिम सेसनसम्म हाजिर चलिरहदो रै छ । एकैचोटी अन्तिम दिन हाजिर गरेको समेत पाइयो ।

३. रूटिन बिनाको कक्षा
भर्खरको मान्छे । म नियमित पिरियड भए पढाउॅथे तर पिरियड तोकिएन । कारण अर्को शिक्षक पनि आउनु थियो । पछि बुझ्दा उनी त टेन्डरमा रौतहट गएछन् । लुकामारी अन्तिम परीक्षासम्म चलिरह्यो पछि यो खुलासा भो ।

४. परीक्षा समितिमा बुख्याचा
प्रअको प्रस्तावमा म पनि परीक्षा समितिको सदस्य भए । सिटप्लान हाजिरी फर्मेट उतारे । तर अरू त घुम्दै गफ मारिरहदो रैछ । म भने परीक्षा समितिको कुनै प्रस्ताव र निर्णयमा केही नबोली बुख्याचा बने । कारण अनौपचारिक कुराकानीमा तपाईको पहाड हो र रु भन्ने टोकसो पाइसकेको थिए । लाग्थ्यो नियम त एकै हो नि १

५. सामाजिक प्रतिको धारणा
रूटिन नभएकाले कुनै कपी नकाट्नु पर्ने मेरो आकलन विपरित सामाजिक विषयको कपी समेत दियो । यसमा मैले आपत्ती जनाए । जिम्मेवार र होसियार ठानेको व्यक्तिकै मुखबाट निस्क्यो, जाबो सामाजिक । तब बुझ्नु न सुझ्नु त्यतिकै कपीमा कुद्नु ।

६. कार्य न कार्ययोजना
विद्यालय मनपरीसॅग चल्दो रहेछ । अघिल्लो शैस द्दण्ठद्दको रिजल्ट सोही वर्षमा गर्ने गरी काम गरे । त्यहॉ सो बमोजिम न कार्य भो न कार्ययोजना नै । परीक्षा भत्ताको विषयले तिन दिन बेकामे भए । वैशाखको नयॉ शैसको भर्ना, रूटिन र कार्य विभाजन कहिल्यै स्पष्ट भएन ।
मलाई बनाउन लगाए, मैले बनाए । धन्यवाद दिए तर अहॅ वैठकमा कहिल्यै प्रस्तुत भएन । न त पारित नै भयो ।

७. पाठ्यक्रम अचम्मको चिज
केही पटकको वार्ताबाट पाठ्यक्रम र त्यसले तोकेको पाठ्यभार बमोजिम पिरियड मिलाउन तयार भयो प्र अ । तर अन्य केही शिक्षकहरू के पाठ्यक्रम रु के पाठ्यभार रु भन्दै जङ्गिए । मैले मेरो ज्ञानको थैली बाने । यो यहॉ प्रयोग गर्ने चिज हैन भन्ने ठाने । सात पिरियडमा ड विषय पढाउदा कुनैमा ज्ञण् पाठ्यभार पर्दो रैछ । जो निमूखा उसैको भागमा त्यो पिरियड हुॅदो रैछ । कतिपय विषयको पढाइ भएको थाहै छैन । मेरो भागमा ट पिरियड ठण्ण् पूर्णाङ्क पर्यो ।

८. बरियता क्रमको कुरा
म काम गर्ने स्कुलमा ४ वटा मावि राहत, ३ निमावि दरबन्दी १निमावि राहत १ निमावि पिसिएफ ४ प्रावि दर्बन्दी १ राहत १पिसिएफ ४ वा वि स १ वि स र २ का स रहेको छ । सबैलाई आ आफ्नै किसिमले नियुक्ति गरिएका हुन् । घुसदेखि पावर सम्मको प्रयोग भएका रहेछन् । स्थायीहरू सरूवा आउन विभिन्न सम्झौता गरिएका हॅदारहेछन् । म सिधै आएको मान्छे कसैसॅग झुकिन । स्थायी भएकाले दोस्रो वरियतामा थिए । राहत त पहिला म काम गरेको ठाउॅमा गणना नै पछाडिबाट गर्थ्यो । नाम लेख्ने क्रममा छैटौमा परेछ । कक्षा शिक्षक पनि क्रमशः हुने चलन रैछ ।
राहत साथी रिसाएर हैरान । म प्र अ हुन आ हो र रु भनी रिसाएर कक्षा साटे । घ महिना पछि मैले कुरा बुझिन पैला भन्दै फाइल फिर्ता दियो मैले व्यङ्ग्यात्मक हॉसो हॉस्दै लिए ।

९. जस्ले नियम मान्दैन ऊ ठुलो
गज्जव भो हाम्रोमा । शै स को शुरूमै पिसिएफ शिक्षक तलव कम दिएको भन्दै हिडे । करीब ३००००० आउने पिसिएफ दुईजनालाई गरेर लगभग १०००००खर्च गर्दोरैछ । उनको सट्टा एक पिरियड थप्यो । मसॅगै गएको अंग्रेजी शिक्षकलाई अन्यत्र जान सहमति दिएछन् तब अर्को एक पिरियड थप्यो ।
एक सिनियर सरले ५ पिरियड भन्दा पढाउदिन भन्यो कहिल्यै कक्षा ६ को सामाजिक विषय पढाइएन । प्रअ जति कराए पनि केही लागेन । पछि पछि बुझ्दै जॉदा जस्ले नियम मान्दैन शक्तिको पुजा गर्दै हिड्दछन् उनलाई छुनै नसक्ने ठुला पो हुॅदोरैछ ।

१०. पढाउनै नपर्ने प्र अ र कर्मचारी
पिरियड लिनै नपर्ने चार कर्मचारी छन् स्कूलमा । प्र अ, सहायक र २ सहयोगी । ४ वाल विकास सहयोगीहरू कुनबेला के गर्छन् थाहा नै नहुने रैछ । तब २–४ जना अन्य शिक्षकहरू भर्ना, पाठ्यपुस्तक, छात्रवृत्ति र पुजा पाठ भन्दै कुद्दो रैछ । भौतिक निर्माणमा २–४ जना तब बचेको ३–४ जना किन पढाउने ? यसरी नै चल्दोरैछ ।

११. घुसुवै घुसुवा मेघ रौद बिदा
एक विदा र अर्को विदा बिचमा घुसुवा विदा हुॅदोरैछ हाजिर गर्नेगरी । घोषित विदा नभएकाले बाहिरी हामी स्कुल कुरिरहन्छौ । सोध्दा बस्नुस् न भन्दोरैछ लाज पचाएर । पानी परे बिदा गरम बढे बिदा । पढाउनु नपर्ने ।

१२. हाफटाइम पछि
हाफटाइम पछि धेरै भोक लाग्ने । गर्मीमा ढस्घण् मा टिफिन खाना खाने बेला, अर्कोबेला ज्ञस्घण् खाजा खाने बेला भोक लागिहाल्ने । तब विद्यार्थी भागिहाल्ने । जति थुन जति गोद चाला उही हो । गेटमा ताला लगाए बार तोड्ने ।

१३. परीक्षा लाजमर्दो
परीक्षामा भर्ना भएका सबै आउने । ठाउॅ मिलाउन गाह्रो । एकै बेञ्चमा एकै कक्षाका पॉच जनासम्म राखेर लेखिएको जॉचको के भ्यालु ? प्रश्न ग्रिड अनुसार हुॅदै हुदैन । मनपरी प्रश्न मनपरी उत्तर अगाडिनै सेट गरिएको रिजल्ट बस् । प्रश्नको उत्तर खोज्न बाहिर बाहिर घुमिरहने । सरलाई सोधिरहने । मूल्याङ्कनको परिभाषा कसलाई सुनाउनु ?

१४. अतिरिक्त कार्यक्रम
शुक्रबार अतिरिक्त क्रियाकलाप गर्न अह्राउथे । अतिरिक्त क्रियाकलापको नाममा बेनियमको हाजिरीजवाफ हुन्थ्यो । एकपटक कक्षा ९ र १० लाई प्रश्न सोध्दै थियौ । एक जना सर आएर म एउटा प्रश्न सोध्छु कस्को पालो भनेर सोध्यो र प्रश्न भन्यो । हामीले तय गरेको प्रश्न नियम सब टुट्यो । समय बिताउने उपायबाहेक केही होइन रहेछ अतिरिक्त कार्यक्रम । झगडा हुने बाटो मात्रै ।

१५. तलब खै के खै के
पहिलो पटक तलव लिए असार घज्ञ गते । चेक एक शिक्षकले काटिदियो ११६००० को । चेक लिइसकेपछि म सॅग १७००० पैसा फिर्ता माग्यो । के गरेको थाहा नै पाएन । मेरो पोशाक भत्ता भदौसम्म दिएन । एकाउन्टेन्ट हेडसरलाई भन्छ हेडसर खै भन्छ । कस्तो कामदारलाई दिने ज्याला जस्तो गर्ने हैट । अनि सञ्चय कोष र शिक्षक बिमा साउनसम्म जम्मा भएकै थिएन के गर्छ ? भन्दा कामै काम देखाउछ । नभन्दा बसिरहन्छ ।

१६. पाइना मारो सर
एउटा बासको लठ्ठी हातमा थमाउदै पाइना मारो सर भन्यो । मैले पिटिन । विद्यार्थी पनि नपत्याउने । पिट्ने मन नभएको मलाई बेलाबेलामा झ्वाक चल्थ्यो । पिसाब चुहिने गरी पिटे पनि उत्तिकै मात्तिएको देखेपछि पहाडमा भनी कलेज स्टाइलमा छाडियो क्लास । म घोसेमुन्टो लागे । मन मनै भने जागिर खा बाबु ।

१७. सीप, क्षमता र योग्यताको कुरा
०६७–०७२ सम्म गरी छ ब्याचलाई क्ीऋ तयारी गरेको अनुभव मसॅग थियो । ९–१० मा २–२ पिरियड लिन्थे म । मलाई कुनै अफ्टेरो थिएन । जब म आएर सर्टिफिकेट बुझाए तब केही मास्टरहरू मेरो खुट्टा तान्न लागिसकेको थियो । तब म आफ्नो तहमा मात्र रहने अड्डी लिए किन नराम्रो हुने । लगाएको कौनै काम गरिदिन्थे समयमै । म असुरक्षित महसुस गर्थे । यहॉभन्दा दक्षिण पठाउने सम्भावना हुन्थ्यो । त्यसैले सीप, क्षमता, दक्षता, अनुभव र योग्यता गफ गर्ने विषय बनाइन । म १२ पास सामान्य मान्छे, नयॉ शिक्षक झै बसे । १२ भन्दा बढी तालिमकेन्द्र स्तरीय तालिममा भाग लिएको प्रमाणपत्र किन देखाउनु ? यो मेरो कमजोरी हुन सक्थ्यो ।

१९ होस्टेल काण्ड
म शुरूमै अरू भन्दा अलग कोठामा बसे । एक पियनले भात पकाउने खुवाउने योजना सुने ।
तर कहिल्यै भएन बरू म बसेको कोठामा अरू मास्टरहरू भात पकाउथे । पछि विद्यार्थी पनि राखियो । एक दिन एउटा विद्यार्थी दारू खाएर मनपरी बोल्न थाल्यो । दोस्रो दिन अरू पनि ल्याएर भोज गरे । तेस्रो दिन स्कुलकै कोठामा केटी बोलाई अनैतिक कार्य गरे । तब मलाई छटपटी भो कोठा खोजे । साथीहरू त्यस्तो कार्यमा आफु पनि सहभागी भइ मोज गर्न भने । म मानिन । त्यसपछि स्कूलमै झगडा गरियो मलाई देखाउन होला । अनि म नफस्ने निधो गरी निस्के होस्टलबाट गाउॅतिर ।

२० गाछीबाट केटी पक्राउ
विद्यार्थीसॅग लसपसको आरोप दुईजना शिक्षकलाई लाग्यो । विस्फोटको तयारी भइरहेको थियो । यादवहरू आएमा टाउको फुट्छ भन्थ्यो । शिक्षकहरू घरमै गएर गोद्न तयार भए । तब अध्यक्ष र हेडसर सेफ ल्याण्डिङको लागि कम्मर कसेर लागिरहेको चाल पाउथे । एक दिन दुईजना छात्रा आपत्तीजनक अवस्थामा आॅप घारीबाट पक्राऊ गरी ल्याए । तब गाउॅमा त्यो हल्ला भो मास्टरवाला हरायो ।

२१. ट्युसन कै भर
पढाई ट्युसनकै भरमा रैछ । पैसा उठाउन कडा मान्छे नराखे नदिने । मलाई आकर्शक प्रस्ताव आयो । तर म गइन । मलाई पैसा नदिने पक्का जस्तै थियो । वर्षभरमा पैसाकै कारण ज्ञडरज्ञढ दिन सर रिसाएर जादो रैछ । म त सक्दिन यसो गर्न तब किन पढाउने यही ठानी मैले वार्षिक १०००मा ट्युसन फि तोके । अगाडि नै बुझाउने शर्तमा तर एक जना पनि तयार भएर आएन । अनि कचकच कट्यो टर्यो ।

२१ निस्प्रभावी निर्णय
हरेक पटक गरिने निर्णयहरू एक हप्ताभन्दा बढी कार्यन्वयन हुनै सकेन । चाहे सेवा सुविधा हो या दण्ड सजायको कुरा । व्यवस्थापन, पढाइलेखाइ वा अन्य । जहिल्यै दोहोरोपन भैरह्यो । किनकी जो अगुवा उही…. ।

२२. बढुवाको खल्लीबल्ली
प्रा बि र निमावि तहमा बढुवा हुनुपर्ने शिक्षकहरू बढुवा नभएपछि हल्लीखल्ली भयो । एकजना प्रावि शिक्षक फाइल बढुवा नभइ लिखितमा बढुवा भएपछि खैलाबैला अझ चर्कियो । र भनिरह्यो हेडमास्टर स्थायी चाहियो तर शक्तिका पुजारीहरू लत्रक्कै निहुरिए । हेडसर शक्तिशाली महाजन थिए ।

२४. शत प्रतिशत हाजिरी
हाजिरी सधै हुन्छन् शिक्षकहरू तर उपस्थिती न्यून हुन्छन् । त्यस्को प्रमाण त पढाएको पाठ संख्याले देखाइहाल्छ । विदामा गए निवेदन लेखिराख्ने फर्किएपछि निवेदन च्यात्ने हाजिरी धस्काउने । तर टाढाको शिक्षक लगातार लामो विदामा रहनु पर्ने हुॅदा ऊ विदा माइनसमा रहनु पर्छ । भोज चलेपछि माइनस बल्ल प्लस हुन्छ । इमान्दार भए नियम लाग्दो रैछ चाप्लुसी बने शतप्रतिशत । अनि को नबनोस् १

२४. सरूवाको कुरा
एक वर्षमा पॉच पटकभन्दा बढी सरूवाको प्रयास गरे । कुनै न कुनै बहानामा सहमती दिइएन । ढिपी गरेपछि म्याचुवल खोज्न भनियो । तनहुॅमा मिल्यो एक साथी । उताबाट सबै मिलायो अन्तमा ट्रायल गरियो । समिति भङ्ग भएकाले नहुने कुरा गर्यो ।
सॅगसॅगै भन्यो जिशिअ सक्रिय हुनुपर्छ । मैले बुझे घुस माग्दैछ । केहीले सामुन्ने मै भने कि  घुस पनि नदिने पावर पनि रहिन्छ । तपाईको काम हुॅदैन । मैले पनि भनि दिए, जागिरै खानु छ त यही खान्छु

२५ जाडो र गर्मी
मध्यम हावापानीमा हुर्किएको मलाई गर्मी र जाडो खपेन । जाडोभन्दा गर्मीमा सकस बढ्ने । तैपनि २० वाटको सोलार किनी भगाए सब । भए एडजस्ट ।

२६. फरक बुझाइ
यहॉका प्रत्येकजन चरणस्पर्शी अभिवादन, गुरूदेवको सम्बोधन र शकुनी प्रवृत्तिकै चङ्गुलमा छन् । जो म चाहन्न उही हुन्छ । पैसा जवर्जस्ती उठाएर सरस्वती पूजा गरिन्छ । सरस्वति बन्दना हरेक दिन गराइन्छ । यहॉ फरक धर्मका मानिस पनि छन् भन्ने तथ्य जबर्जस्ती बिर्साइन्छ ।

२७. म सहि बसे
अनेक हेपाइ माझ सही बसे । गाउॅमा पाएको मायाले मेरो भाउ बढेको भन्थे । म भने बचाउको लागि आफै मिनिमाइज भएर बसे । तर केही शिक्षकहरू मेरो क्षमता प्रयोग गर्नुपर्छ भन्ने तर्क गर्दै रहन्थे । विद्यार्थीको रोजाइमा परेकोको बहाना गरी माविसम्म पढाउन लगायो । सेवासुविधामा केही थपिएन ।

बहुअर्वा– सर्लाही