गाउँमा कम्प्युटर शिक्षा अभियानद्धारा इटहरीका बाढी पीडितलाई सहयोग

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ८, २०७४

काठमाडौ, भदौ ८ । गाउँमा कम्प्युटर शिक्षा अभियान नेपाल ले बाढी पीडितहरुको लागि राहत संकलन गरि यही भदौ २ गतेका दिन ७४७४१/– रुपैया बराबरको नगद, औपाधी र लत्ताकपडा सहयोग गरेको छ ।

अभियानका कोषाध्यक्ष दिपक ढकाल राहत संकलन समितिका संयोजक र अभियानका संरक्षक कुमार धमला व्यवस्थापन संयोजक रहेको समितिले विभिन्न देशमा रहेका नेपालीहरुबाट ६९१४१ संकलन गरिएको थियो भने अपुग रकम संरक्षक कुमार धमलाबाट सहयोग गरिएको थियो ।
अभियानले १२ घर परिवारलाई ५ हजारको दरले नगद, लत्ता कपडा र आवश्यकता अनुसार औषधी वितरण गरेको थियो । उक्त राहत सामाग्री सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको वडा नं १४ मा वितरण गरिएको थियो ।

संकलित रकम रिता धमला सिंखडा युकेबाट १० हजार, मान छत्कुली अमेरिकाम १० हजार ५, नवराज ढकाल साउदीबाट २८ सय ६, दिपक ढकाल ५ हजार, गुणनिधी धमला युएईबाट ५ हजार, भुवन गुरुङ युएईबाट ५ हजार, विकास गुरुङ युएईबाट ५ हजार, ज्ञानेन्द्र थापा अष्ट्रेलियाबाट ५ हजार, दिलबहादुर आले भारतबाट १३ हजार २८०, रुपा धमला क्यानडाबाट ८ हजार ५० र कुमार धमला काठमाडौबाट ५६ सय सहयोग प्राप्त भएको थियो ।