उत्तम बिक दुबई २३ अगष्ट । नेपाल कम्युनिष्ट पार्टि माओबादी केन्द्र निकट बिदेश बिभाग संगठन नेपाली जनप्रगतिशील मञ्च युएईले हालसालै मात्र नेपालमा भएको बाढी पहिरो पिडितको लागी राहात स्वरुप पहिलो चरणमा तिन लाख रुपैया पठाएको छ ।
नेपालमा केही दिन पहिला परेको अबिरल बर्षाको कारण बाढी र पहिरोको चपेटामा परि झन्डै पाँच दर्जन भन्दा बढीको मृत्यु हुनुको साथै थुप्रै बेपत्ता भएका थिए भने हजारौ बिघा उब्जनी योग्य जमिन बाढीले कटौती गरेको थियो ।
यसरी नेपालमा भएको प्रकृतिक प्रकोपको चपेटामा परेका नेपालीहरुको उद्धारको लागी नेपाली जनप्रगतिशील मञ्च युएईले केन्द्रिय कोषाध्यक्ष शुसान आचार्यको संयोेजकत्वमा राहात संकलन समिति बनाएर आर्थिक संकलन शुरु गरेको थियो । उक्त राहात संकलनको लागी युएईको बिभिन्न प्रान्तहरुमा मन्चको क्षत्रिय प्रतीनिधीहरुलाई अभियान्त बनाई जिम्मेवारी दिएको थियो ।
जसमा आबुधाबीबाट उत्तम राज बिश्वकर्मा, दिपक न्यौपाने दुबईबाट अनिस तामाङ, छबि गिरि शारजाहबाट बबिता सिवा, प्रतिक्षा लामा अजमानबाट मिलन गुरुङ, प्रकाश मगर अलाईनबाट गुरु प्रसाद रेग्मी, दुर्गा तामाङ र रसअलखिमाबाट जनार्दन सुबेदी, दिपक बिष्टलाई जिम्मेवारी दिएको थियो ।
आ–आफ्नो जिम्मेवारीलाई पुरा गर्दै सबैतिरबाट संकलित रकम पहिलो चरणमा नेपाली रुपैया ३ लाख मञ्चका कार्यबाहक अध्यक्ष बाबुराम बिक मार्फत नेपाल कम्युनिष्ट पार्टि माओबादी केन्द्रको भातृ संगठन वाई.सि.एल नेपाल संग समन्वय गरि नेपालमा रहेका युएई मञ्चका प्रतिनीधिलाई पठाएईको राहात टोलीका संयोजक आचार्यले बताए । पहिलो चरणको रकम बितरण तत्काल गरिने र एक हप्ता भित्र बाँकी रकम पनि पठाउने तयारी रहेको संयोजक आचार्यले जानकारी दिएका छन् ।