कहिले काँही त खुसीको पल पठाउँछे,
कहिले मायाको थुप्रै हलचल पठाउँछे।
फेसबुकमा पनि प्रियाले बेला बेलामा,
सायरी पठाउँछे कहिले गजल पठाँउछे।
यस कारण पनि तिमी रिसाए झै लाग्छ,
कहिले झरी त कहिले बादल पठाउँछे
एक दिन उ सँग झनक्क रिसाईदिनू पर्छ।
फकाउन गुलाफ पठाउँछे कमल पठाउँछे।
मैले श्रीमती पनि भने जस्तै पाएको छु,
हरेक साँझ रक्सि किन्न पसल पठाँउछे।
राजन त्रिपाठी
धादिङ्ग चरौदी