काठमाडौ भाद्र ७ । नेपालय कलेज कलङ्की काठमाडौंका विद्यार्थीहरूले बाढी एवं झाडापखालाबाट पिडित सिराहा जिल्ला अौरहि गाउपालिकामा राहत हस्तान्तरण गरेका छन ।
सदरमुकाम लाहानबाट ३५ कि मी कच्ची बाटो भएर जानुपर्ने उक्त गाउँमा आजसम्म कुनै पनि संघसंस्था नपुगेको सुनेपछि पुर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाको पहल र सहयोगमा विद्यार्थी टोली त्यस स्थानमा पुगेका हुन ।
विद्यार्थीले खाजा खर्च बचाएर, शिक्षक एवं विद्यालय परिसरमा संकलन गरिएको रु.१००००० (एक लाख) बाढी पश्चात् जरो तथा झाडापखाला पिडित आौरहि गाँउपालिका ५ मा उपचार खर्च स्वरुप हस्तान्तरण गरिएको छ । उक्त स्थानमा गत शुक्रबार राम भरोस रजतकी १८ महिने छोरी भारती रजतको झाडापखालाबाट मृत्यु भएको थियो । उक्त परिवारलाई उनिहरुले रु.१५००० पनि हस्तान्तरण गरेका थिए । नेपालय मा.वि. कलङ्की काठमाडौंका सम्पूर्ण विद्यार्थीहरू, हेनरिफर्ड कलेजका विद्यार्थी, भुतपुर्व विद्यार्थी परिषद् एवम् शिक्षकहरुको सहयोगले गर्दा रकम उक्त स्थानमा पुर्याउन सफल भएको हो ।
राहत हस्तान्तरण कार्यक्रममा
पुर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापा, नेपालय मा.वि. भुतपुर्व विद्यार्थी परिषद्का अध्यक्ष अश्विन समीप हेनरीफर्ड विद्यार्थी परिषदका अध्यक्ष रमेश न्यौपाने उपाध्यक्ष कन्चन नेपाल एव कार्यक्रम सम्मोनयन कर्ता एवं विद्यार्थी शिव घिमिरे निकै दुःखगरेर उक्त दुर्गम ईलाकामा पुगेका थिए । धादिङपोष्टका लागि अश्विन दुवाडी काठमाडौं ।