अनेरास्ववियु धादिङद्वारा संकलित राहात हस्तान्तरण

Avatar photo
Dhadingpost
बुधबार, भदौ ७, २०७४

धादिङ भाद्र ७ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धादिङले सिराहका बाढी-पिडितहरुको लागि साहत संकलन गरि पठाएको छ ।

नेकपा एमालेले पार्टीका जनवर्गिय संगठनहरुलाई फरक फरक क्षेत्र निर्धारण गरि बाढी-पिडितहरुलाई सहयोग गर्न निर्धारण गरे अनुसार अनेरास्ववियूको जिम्मा सिराहा परेको थियो । त्यहि अनुरुप हामीले धादिङबाट संकलन गरेको राहत सिराहमा तत्काल पठाउन केन्द्रिय अध्यक्षलाई हस्तान्तरण गरिसकिएको सन्तोष राना क्षेत्रिले धादिङपोष्टलाई बताउनु भयो ।

अनेरास्ववियू धादिङका केन्द्रिय प्रतिनीधि समेत रहेका राना क्षेत्रीले सिराहका बाढी-पिडितहरुलाई अझै सुरक्षित स्थानमा लान, विग्रदै गएको स्वस्थ्यगत समस्या सुल्झाउन सकिएको छैन, वाढिका कारणले मरेका जीवजन्तु, सडेगलेका फोहोर मैलोले रोगको महामारी फैलन सक्ने स्थिति छ ।

बाढी-पिडितहरुले सरकार भएको आवास गर्न सकेका छैनन् । जनमुखि काम गर्न नसक्ने आपतको वेला मलम पट्टि लगाउन नसक्ने लाचार सरकार भएपछि उद्दार, उपचार र राहात वितरणमा नेकपा एमालेले आफ्ना सबै निकाय परिचालन गरेको बताउनु भयो ।
सिराहका बाढी  पिडितलाई सहयोग गर्ने सम्पूर्ण विद्यार्थी शिक्षक व्यवसायीहरुलाई धन्यावाद दिँदै रानाक्षेत्रिले धादिङबाट संकलित ४० हजार रकम केन्द्रिय अध्यक्ष लामालाई लाई हस्तान्तरण गर्नुभएको थियो ।