धादिङका दिलमान पाख्रिन राज्यमन्त्री बने

Avatar photo
Dhadingpost
बुधबार, भदौ ७, २०७४

धादिङ भाद्र ७ । नेपाली काँग्रेस धादिङका नेता एवम् सभासद दिलमान पाख्रिन नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला राज्य मन्त्री मा नियुक्ति हुनुभएको छ ।

उत्तरी धादिङ खनियाबास गाउँपालिका सत्यदेविका जन्मिएका पाख्रिनलाई प्रधान मन्त्री शेरबहादुर देउवाले कानून, न्याय तथा संसदीय मामिला राज्य मन्त्री मा नियुक्ति गर्न गर्नु भएको हो ।

मंगलबार पाख्रिन सहित सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, सरिता प्रसाईं कृषि विकास शेषनाथ अधिकारी शिक्षा, नरबहादुर चन्द वाणिज्य, अब्दुल रज्जाकदी खानेपानी तथा सरसफाइ, तप्तबहादुर विष्ट सूचना तथा सञ्चार, अमरसिंह पुन सिँचाइ, दिलमान पाख्रिन कानून, न्याय तथा संसदीय मामिला, उदयशम्शेर राणा अर्थ, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार, तेजुलाल चौधरी युवा तथा खेलकुद, चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण, जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरूनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, यशोदाकुमारी लामा भूमिसुधार तथा व्यवस्था मन्त्री बनेका छन् उनीहरु सबैलाई मंगलबार नै सपथग्रहण गराईएको थियो ।