नगरपालिका, बाढी पीडितका लागि राहत जुटाउँदै

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २, २०७४

धादिङबेसी साउन २ । धादिङबेसीमा तराईका बाढी पीडितका लागि राहत संकलन कार्यजारी छ । धादिङबेसीमा सुरुका दिनमा एनजिओहरुले राहत संकलन गरेका थिए भने आजबाट नीलकण्ठ नगरपालिकाको आयोजना र टोल सुधार महासमितिको समन्वयमा राहात संकलन कार्यजारी रहेको हो ।

नीलकण्ठ नगरपालिकाका उप-प्रमुख मनराज भण्डारीको नेतृत्वमा धादिङबेसी पुछारबजारमा आज विहान राहात संकलन घरदैलोको अभियान भएको थियो । बिहानको अभियानमा ६४ हजार संकलन भएको नगरपालिकाका कर्मचारी हरि श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।

२५ वटा टोल सुधार समिति रहेको धादिङबेसी सदरमुकाममा आज पुछार बजारमा अभियान चलाईयो, यो अभियान सबै टोलहरुमा संचालन गर्ने छ, श्रेष्टले बताउनु भयो । राहात संकलनमा जुटेको नगरपालिकाका जनप्रतिनीधि सहित कर्मचारीहरु टोलटोल पुग्दा टोलबासीहरुले हामीले राहात दिई सक्यौ किन अभियान ढिला गरेको भन्ने जवाफ दिने गरेका छन् ।