धादिङ साउन २९ । चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको माग कार्यान्वयन हुन सकेको छैन । आज २० औँ दिन भयो आमरणमा रहेको उनको मागको समर्थन गर्दै देशभरका सडक तात्न थालेका छन् । तर उनको माग सम्बोधन गर्न प्रधानमन्त्रीको उपस्थितीमा भएको समझदारी संसदीय समितिले पालना नगरेपछि समस्या झन् जटिल बन्दै गएको देखिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा बालुवाटारमा शुक्रबार बिहान चिकित्सा शिक्षा विधेयकमा डा. केसीका केही माग थप समेट्ने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो ।
बालुवाटारमा नयाँ कलेजले सम्बन्धन पाउने प्रमुख आधार बनाउँदा अस्पताल सञ्चालन भएको तीन बर्षको सट्टा दुई बर्ष राख्ने सहमति जुटेको थियो, तर त्यो गणना स्वाास्थ्य मन्त्रालयलबाट सञ्चालन स्वीकृति पाएको मितिबाट हुनेपर्ने ब्यवस्था राख्ने महत्वपुर्ण बुँदा नै विधेयक पारित गर्ने क्रममा हटाईएको छ ।
सरकार र प्रमुख दलहरुको विरोध गर्दै स्तन्त्र नगरीक, विभिन्न संघसंस्थाहरुले उनको समर्थनमा सरकारलाई दवाव मुलक संघर्षका आन्लदोलन गरि रहेका छन् तर सरकारले गम्भीरता देखाई रहेको छैन ।