सिद्धलेकमा चुनावमा बोलेको पुरा गर्दै पालिका अध्यक्ष सिलवाल

Avatar photo
Dhadingpost
शनिबार, साउन २८, २०७४

धादिङ साउन २८ । नेकपा एमाले धादिङका नेता तथा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल सुनावको बेला बोलेका विकासको काम पुरा गर्ने क्रममा छन् ।

उनले हरेक चुनावी भाषणहरुमा भनेका थिए सिद्धलेकमा पहिलो समस्य खानेपानी हो यसको हल आफ्नो पहिलो काम हुने छ ।

बोल्ने र गर्ने मा फरक पार्ने नेताहरुलाई चुनौती दिँदै सिलवालले पहिलो चरण खानेपानी समस्या हल गर्न लागि परेका छन् ।

सिलवालले कसरी गर्दै छन् खानेपानी समस्य हल
सिलवालले आफुले चुनावका वेला जनता सँग गरेको प्रतिवद्धता अनुसार खानेपानी समस्य हल गर्न लागि परेका बताउँदै जनताले सोच्दै नसोचेको ठाउँबाट डिपबोरिङ गरि खानेपानीको समस्या हल गर्दै छौं । सिद्धदेक ३ मुलावारी सलाङमा डिपबोरिङ गरी पानी निकाल्ने काम सम्पन्न भै सकेको छ ।

यस्तै सलाङ कै डुमीडाँडामा पनि डिपबोरिङ प्रविधिबाट पानी निकाल्ने काम सम्पन्न भई सकेको छ भने, सिद्धलेक नलाङ ठाँटी माथि ढल्के पिपलमा पनि डिपबोरिङको काम भै रहेको छ त्याँहाबाट निकालिएको पानीले बलमडाँडा सम्म पुग्ने सिलवालले बताउनु भयो । यस्तै कुम्पुरको काम्राङमा पनि डिप बोरिङको अध्ययन हुँदै छ । यति भए ८० प्रतिशत खानेपानी अभावको समस्या हल हुने उहाँले बताउनु भयो ।

सिलवालले दोस्रो चरणको काम प्रत्येक वाड गाउँ जोड्ने सडक, बनेका सडक मर्मतमा राखेका छन् । त्यसपछि शिक्षा स्वस्थ्य र अन्य विकासका कामहरु क्रमिक गर्दै जाने अध्यक्ष सिलवालले धादिङपोष्टलाई बताउनु भयो ।