कान्तिपुरको धादिङ समाचारदाता राठौर दैलेखमा सम्मानित

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २७, २०७४

धादिङ साउन २७ । कान्तिपुर दैनिकका धादिङ स‌ंवाददाता हरिहरसिंह राठौर दैलेख जिल्लामा सम्मानित भएका छन् ।

पत्रकार डेकेन्द्रराज थापाको १३ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दैलेखले शुक्रबार राठौरलाई सम्मानित गरेको हो ।

२०६१ साउन २७ गते पत्रकार थापाको हत्या भएको थियो । पत्रकार डेकेन्द्रराज थापा अपहरण र हत्या प्रकरणलाई बाहिर ल्याउन महत्वपूर्ण भुमिका निभाएको भन्दै स्मृति दिवस तथा डेकेन्द्र चौकको स्थापना कार्यक्रममा सम्मान गरिएको थियो ।

अहिले राठौर धादिङबाट कान्तिपुर दैनिकका लागि रिपोटिङ गर्ने गर्दछन् ।