बढी विद्युत महसुल लिने घरबेटीलाई कार्वाही हुने

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २७, २०७४

काठमाडौ साउन २७ । तपाई घर बहालमा बस्नु हुन्छ, या वहालमा लिई कुनै व्यवसाय गरि रहनु भएको छ, घरबेटीले कति विद्युत महसुल लिने गरेको छ बुझ्नुभएको छ ?

अब घरबेटीले तपाईलाई उसको नियमअनुसारको महसुल होइन सरकारले तोकेको नियमअनुसारको महसुल तिर्नुपर्ने हुन्छ । तपाईलाई सरकारले तोकेको भन्दा बढी महसुल घरबेटीले लिए कानुनअनुसार कारवाही हुने भएको छ ।

धादिङबेसीमा एक अफिस संचालन गरेर बसेका एक डेरावालले गुनासो गरे हामीले घर भाडामा लिएका थियौ घरबेटी २ कोठा मलाई छोड्नु पर्ने बताए त्यहि अनुरुप घरबेटी बसे पछि उनले विद्युतप्रधिकरणको नियम भन्दा बढी विद्युत महसुल लिई रहेका छन् मेरो घरमा तेरो मर्जि हुन्छ भन्छन् । यस्ता घरबेटी कार्वाहीमा पर्छन् त ?

यो प्रश्न हामीले विद्युत प्राधिकणका कर्मचारीलाई राखेका थियो उनले भने उजुरी आए तत्काल कार्वाही हुन्छ । विद्युत महशुल निर्धारण आयोगले सुचना प्रकाशित गरी डेरावालसंग प्रतियुनिट १३ रुपैयाँ भन्दा बढी महशुल असुले ठगी गरेकोमा कार्वाही गर्ने जानकारी दिएको छ ।

यस्तो छ हालको विद्युत महसुल रेट
३१ देखि ५० युनिटलाई प्रतियुनिट साढे ८ रुपैयाँ र न्यूनतम शुल्क ७५ रुपैयाँ
५१ देखि ५० युनिटसम्मलाई १० रुपैयाँ महशुल र शुल्क १ सय रुपैयाँ
१५१ देखि २०० युनिटसम्मलाई प्रतियुनिट ११ रुपैयाँ र १२५ रुपैयाँ
२०१ देखि ४ सय युनिटसम्मलाई १२ रुपैयाँ र न्यूनतम शुल्क १५० रुपैयाँ
४ सय देखि माथिलाई प्रतियुनिट १३ रुपैयाँ र न्यूनतम शुल्क १७५रुपैयाँ
यो शुल्क भन्दा बढी शुल्क वा महसुल लिए ठगी ऐनअनुसार कारवाही हुने छ ।