जिल्ला समन्वय समिति धादिङमा नेपाल निर्वाचित

Avatar photo
Dhadingpost
सोमवार, साउन २३, २०७४

धादिङ साउन २३ ।  जिल्ला समन्वय समिति धादिङमा एमालेका संस्थापक नेता जगन्नाथ नेपाल प्रमुख पदमा निर्वाचित हुनुभएको छ ।

सोमबार भएको निर्वाचनमा एमालेका संस्थापक नेता नेपाल सहित सबै पदहरुमा एमालेले विजय हाँसिल गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका बिन्दा बराम नेपाली उपाध्यक्षमा विजयी भएका हुन् । त्यस्तै सदस्यहरुमा सिद्धलेकका कृष्ण अर्याल, खुनराज थापा, थाक्रेका, उर्मिला रेग्मी, त्रिपुरासुन्दरीका कमल नारायण श्रेष्ठ, ज्वालामुखीका सान्नानी परियार, गजुरीका सावित्रा सुनार र ९ खनियावासका उर्गेन बति तामाङ विजयी भएका छन् ।

एमालेका नेपालले १७ मत पाए भने काँग्रेस–माओवादी गठबन्धनका उम्मेदबार भक्त लामाले ८ मत ल्याएका छन् । २६ जना मतदाता रहेकोमा २५ भोट खसेको जनाईएको छ ।