धादिङ साउन २२ । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा धादिङका कुल बहादुर गुरुङ महासचिव र सुदर्शन न्यौपाने कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
फरक–फरक प्यानलबाट चुनावी मैदानमा उत्रिएका महासचिव पदमा निर्वाचित गुरुङले बोधराज भण्डारीलाई र कोषाध्यक्षमा निर्वाचित न्यौपानेले धादिङ कै विमल नहर्कीलाई हराउँदै विजयी भएका हुन् ।
शनिवार भएको निर्वाचनको मतपरिणाम अनुसार नेपाली काँग्रेस र नयाँ शक्ति नीकट व्यवसायीहरुको प्यानलको तर्फबाट धादिङका गुरुङ महासचिव पदमा निर्वाचित भए । यस्तै कोषाध्यक्षमा निर्वाचित सुदर्शन न्यौपाने एमाले माओवादी प्यानलबाट जितेका हुनु ।
को हुन महासचिव गुरुङ
गणेश हिमालको फेद रुवीभ्यालीका कूलबहादुर गुरुङ् टानका निवर्तमान द्धितिय उपाध्यक्ष हुन् । गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष समेत रहेका उनी गुरुङ पर्यटन व्यवसायी संघ, नेपालका पनि संस्थापक अध्यक्ष समेत हुन् । गुरुङ हिमाली समुदाय जलवायु मैत्री संगठनका सचिव, नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) मा टे«किङ गाइड प्रशिक्षक पनि छन् ।
व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका उनी झन्डै ३ दशक देखि यो क्षेत्रमा सकृय रहँदै आएका धादिङका पर्यटन व्यवसायी हुन् । ६ दर्जन सम्मान बढी सम्मान पाइसकेका गुरुङ धादिङको रुवीभ्याली सहितको पर्यटन प्रवद्र्धन अभियन्ता मध्य पर्दछन् ।
को हुन् कोषाध्यक्षमा विजयी न्यौपाने
१९९३ बाट पथप्र दर्शकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका सुदर्शन न्यौपानेले सन् २००० देखि आफ्नै कम्पनी संचालन गरिरहेका छन् । सन् २०१३ देखि बुटिक होटल चलाउदै आएका न्यौपाने होटल मम्स होमका संचालन हुन् । सन् २००७ मा टानको कार्यसमिति निर्वाचित भएपछि टिम्सको स्थापना र व्यवसायीको हितमा काम गर्ने कुशल अभियान्ताको छबी बनाएका छन् । उनी आवद्ध संघसस्थामा आर्थिक पारदर्शिता र चुस्त प्रशासन पहिलो प्राथमिकतामा पर्छ ।
निर्वाचनमा एमाले र माओवादी केन्द्र निकट व्यवसायीहरुको प्यानलले महासचिव बाहेक सबै पदाधिकारीहरुमा विजयी हासिल गरेका छन् ।
पदाधिकारीको महासचिव पदका विजेता गुरुङले ३९१ मत प्राप्त गरे भने उनको नीकटतम प्रतिद्वन्दी भण्डारीले २९१ मत ल्याए यस्तै कोषध्यक्षमा निर्वाचित न्यौपानेले ३३२ मत ल्याए भने निकटतम प्रतिद्वन्दी नहर्कीले ३२० मत हात पारेका थिए ।
शनिबार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस र नयाँ शक्ति नीकट व्यवसायीहरुको नेतृत्व जिम्बाजाङबु शेर्पाले गरेका थिए उनलाई अध्यक्ष पदमा एमाले र माओवादी केन्द्र निकट व्यवसायीहरुको नेतृत्व गरेका सन्तविर लामाले समुहले पराजित गरेको थियो । मिश्रित परिणाम यस निर्वाचनमा नौ जना सदस्यहरुमा लामा समूहले ५ र शेर्पा समूहले ४ सदस्यमा जित हात पारेका छन् ।
जस्मा, लामा समुहबाट पासाङ तेण्डी शेर्पा, सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जिव गुरुङले जित हात पारे । शेर्पा, लामा, शेर्पा, शाक्य र गुरुङले क्रमशः ३६४, ३२७, ३५२, ३५७ र ३२१ मत प्राप्त गरेका छन् । शेर्पा समूहबाट सदस्यहरुमा डा. हरि प्रसाद श्रेष्ठ, आङछेवाङ शेर्पा, दा ग्याल्जेन शेर्पा र तुल्सिङ गुरुङ निर्वाचिन भए । उनीहरुले क्रमशः ३५३, ३३२, ३३६ र ३६४ मत प्राप्त गरेका छन् । एनएमएमा १ हजार ३९ मतदाता रहेकोमा ७५६ मत खसेको थियो ।