धादिङबेसी साउन २० । धादिङको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको काम गत २ दिन देखि जिल्ला समन्वय समितिको गेटमा त्रिपाल टागेर गरिँदै आएको छ ।
नीलकण्ठ नगरपालिकाले खाली हुँदै गएको जिल्ला समन्वय समितिबाट कार्यलय संचालन गर्न खोजेपछि जिल्ला प्रशासनले प्रहरी परिचालन गरि बल प्रयोग गर्दै रोके पस्चात मेयर उपमेयरले जिसस गेट मै त्रिपाल टागेर कार्यालय संचालन गरेका हुन् ।
नगरपालिकाको बोर्ड बैठकबाट पारित गरेर जिल्ला समन्वय समितिलाइ कार्यलय उपलब्ध गराइदिन आग्रह गरेपनि जिल्ला समन्वय समितिले अटेर गरेको भन्दै नीलकण्ठ नगरपालिका मेयर भिम प्रसाद ढुङगाना सहित कर्मचारीहरुको टोली टेवुल कुर्चि बोके बुधबार जिल्ला समन्वय समिति परिसर पुगेका थिए गेट भित्र छिर्न प्रहरीले रोकेपछि गेट बाहि रै सडकबाट कार्यलय संचालन गरिएको छ ।
नीलकण्ठ नगरपालिका मेयर भीम प्रसाद ढुङगानाले भने, ‘नगरपालिका र जिसस एउटै मन्त्रालय अन्तरगत हुन्, जिससमा कोठाहरु खाली बस्ने, हामी जनताबाट कर उठाएर भाडा तिर्ने गर्न भएन भनेर संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा भन्यौँ, उसले समन्वय गरेर चलाउनु भनेर पत्र पठाएको भएपनि त्यसलाइ व्यवास्था गरिएकाले बाध्य भएर आन्दोलन स्वरुप सडकबाटै काम गरेको भताए ।
सामाजिक संजालमा आन्दोलनको व्यङ्ग्य
नगरपालिकाको सडकबाटै कार्यालय संचालन गरेको प्रति व्यक्तिहरुले सामाजिक संजालमा व्यङ्ग्य समेत गर्न थालेका छन् ।
एमाले नेता तथा सहकारी संघ धादिङका अध्यक्ष नेत्र पौड्यालले व्यङ्ग गर्दै अब हुने स्थानीय तहको चुनावको लागी यसरी भोट भाग्न पनि भ्याए ।
यस्तै जिल्ला बार एसोशिएसन धादिङका पूर्व अध्यक्ष विश्वराज अधिकारी आफ्नो फेसबुकमा लेख्छन्