धादिङ साउन २० । नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी संगठन नेपाल पर्यटन व्यवसायी संगठनले कतिपय अनलाईन मिडियाले पर्यटन विभाग ईन्चार्ज लोकेन्द्र विष्ट मगरको बारेमा झुटो र भ्रामक समाचार प्रकासन गरेको भन्दै आपत्ती प्रकट गरेको छ ।
पूर्व मन्त्री समेत रहेका पर्यटन र कृषि क्षेत्रको विशेष योजनाकार तथा पार्टीका पर्यटन विभाग ईन्चार्ज माथि लगाईएको भ्रामक समाचार प्रति नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले विज्ञप्ति मार्फत आपत्ति प्रकट गर्नुभएको हो ।
संगठनका संयोजक नवराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कतिपय अनलाईनले झुट र भ्रामक समाचार प्रकासन गरेको भन्दै आपत्ती प्रकट गर्दछौं । नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्टिय पर्यटन व्यवसायी संगठनको बीचमा तालमेल गरेर एनएमएमा चुनाव लड्ने निर्णयले आतंकित भएर नै प्रतिपक्षले यो हत्कण्डा अपनाएको जनाईएको बताइएको छ ।
‘एनएमएको चुनावसंग जोडेर माओवादी केन्द्रका कार्यालय सदस्य तथा पर्यटन विभाग ईन्चार्ज लोकेन्द्र विष्ट मगरको व्यक्तिगत चरित्र हत्या हुनेगरी केही अनलाईन मिडियामार्फत अनर्गल प्रचारबाजी गरिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा पत्रकारको नाम भिरेर माफियाहरुको अरौटे भरौटे भई पत्रकारिताको सट्टा पित पत्रकारीता गर्ने त्यस्ता अनलाईनहरुलाई समाचारको स्रोत पुष्टी गर्न चुनौती छ, भनेर भनिएको छ ।
विज्ञप्तीको अन्तमा मतदाताहरुलाई यस्ता समाचारको भ्रममा नपर्न र आफ्नो स्वविवेकले निर्धक्कका साथ स्वतन्त्र, समावेशी आरोही र व्यवसायीहरु सम्मीलित सन्तविर लामाको प्यानललाई अत्यधिक बहुमतले विजयी गराउन समेत विज्ञप्ती दाहालले अनुरोध गर्नुभएको छ ।
यस्तो छ विज्ञप्तीको मुख्य अंश