असइ हत्या आरोपीले आत्मसमपर्ण गदै के भने (भिडियो)

Avatar photo
Dhadingpost
बिहिबार, साउन १९, २०७४

धादिङ साउन १९ । गत विहीबार धादिङको खनियाबास गाउँपालिका अन्तर्गत दार्खामा रहेको प्रहरी चौकीका असइ बीर बहादुर गुरुङको रहस्यमयि ढंगबाट हत्या भएको थियो ।

हत्यारा पक्राउ गर्न प्रहरीले नसकि रहेको बेला मुख्य आरोपी शान्तालाल भनिने सुशील गुरुङले प्रहरीमा आत्म समर्पण गरेका छन् । उनले आत्म समपर्ण गर्दै भनेका छन् आफ्नो श्रीमती सँग परपुरुष सँग  आपत्तिजनक स्थितिमा देख्दा कस्लाई रिस नउठ्ला र त्यसैले मैले कुट पिट गरेको हो ।

मैले भगाउने हिसाबले हानेको थिएँ । उहाँ भाग्नु भयो । मैले मान्छे पनि चिनेन । त्यो भन्दा अगाडी नै मेरो बुढी भागिसकेछ,’ उनले भने,‘खोजतलास गरेँ बुढी भेटाइन । मैले भोलीपल्ट मान्छे मरेको कुरा थाहा पाएँ । पुलिसको मान्छे रहेछ । थाहा नै भएन ।’

प्रहरीले सइ गुरुङको हत्याको आरोपमा सुशीलकी श्रीमती तारा गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । घटना भएको एक हप्तापछि हत्या आरोपी सुशील प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए ।