एनएमएमा धादिङका दुई युवा एकै पदमा लड्दै

Avatar photo
Dhadingpost
बुधबार, साउन १८, २०७४

धादिङ साउन १८ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामि कार्यकालका लागि साउन २१ गते निर्वाचन हुने भएको छ ।

यतिबेला अधिवेशनको लागि व्यवसायीहरु विभाजित बनेका छन् । एमाले–माओवादी गठबन्धनमा बनेको सन्तबीर लामा प्यानल र काँग्रेस–नयाँ शक्ति–स्वतन्त्र गठबन्धनमा बनेको जिम्बा जाङबु शेर्पा प्यानलबीचकडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रथम उपाध्यक्षका लागि लामा प्यानलबाट दिवश विक्रम शाह र शेर्पा समुहका भूमि लामाबीच प्रतिस्पर्धा हुनेछ भने द्धितीय उपाध्यक्षका लागि दुबै प्यानलले महिलालाई समेटेको छ । जसमा लामा प्यानलबाट माया शेर्पा र शेर्पा समुहबाट ङिमी शेर्पाबीच भिडन्त हुनेछ ।

धादिङका ३ युवा पदाधिकारीमा लड्दै

त्यसैगरी महासचिवमा लामा प्यानलले बोधराज भण्डारीलाई अघि सारेको छ भने शेर्पा समुहले धादिङका कुलबहादुर गुरुङलाई उठाएको छ । कोषाध्यक्षमा लामा प्यानलबाट सुदर्शन न्यौपाने र शेर्पा प्यानलका विमल कुमार नहर्कीबीच भीडन्त हुनेछ ।

एमाले–माओवादी गठबन्धनमा बनेको सन्तबीर लामा प्यानलको कोषाध्यक्षमा पदको लागि धादिङका सुदर्शन न्यौपानेले उम्मेदवारी दिएका छन् भने काँग्रेस–नयाँ शक्ति–स्वतन्त्र गठबन्धनमा कोषध्यक्षमा विमल नहर्कीले उम्मेदवारी दिएका हुन ।