जिल्ला समन्वय समिति धादिङको निर्वाचन साउन २३ गते

Avatar photo
Dhadingpost
बुधबार, साउन १८, २०७४

धादिङ साउन १८ । जिल्ला समन्वय समिति धादिङको निर्वाचन साउन २३ गते हुन गहि रहेको छ । २ नगरपालिका सहित ११ गाउँपालिकाबाट २६ मतदाता रहने यस निर्वाचनको लागि मंगलबार उम्मेदवारी दर्ता कार्य सकिएको छ ।

पालिका प्रमुख र उप प्रमुखले मतदान गर्न पाउने यस जिल्ला समन्वय समिति धादिङको निर्वाचनमा नेकपा एमालेको एक्लै १५ मत रहेको छ भने काँग्रेस ६, माओवादी केन्द्र ३ र राप्रपाको २ मत मात्र छ ।

प्रमुख उप्रप्रमुख गरी ७ सदस्य पदका लागि निर्वाचनको लागि उम्मेदवारी दर्ताको प्रक्रिया सम्म आईपुग्दा एमाले एक्लै चुनावी मैदानमा देखिएको छ भने अन्य दलहरु अर्कातिर देखिएका छन् ।

यस्ता छन् उम्मेदवारहरु

नेकपा एमालेको उम्मेदावारहरु
सभापति- जगन्नाथ नेपाल
उपसभापति-बिन्दा बराम नेपाली
सदस्यहरुमा
सिद्धलेक गाउँपालिकाका कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी, कमल नारायण श्रेष्ठ, सान्नानी बागदास, सावित्रा सुनार, उर्गेनवति तामाङ

काँग्रेस-माओवादीबाट संयुक्त उम्मेदवारी
सभापति- भक्त बहादुर लामा
उप सभापति- ध्रुव सुवेदी
सदस्यहरु
नरेन्द्र भट्ट, प्रकाश कुमार श्रेष्ठ, कमला परियार दलित महिला सदस्यमा जानुका मिजार, शान्ता रोक्का, ज्ञान बहादुर रानामगर र पूर्णिमा चेपाङ

संविधानको धारा २२० को उपधारा ७ मा जिल्लासभाको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । जिल्लासभाले गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास तथा निर्माणसम्बन्धी कार्यको अनुगमन गर्ने, संघीय र प्रदेशका सरकारी कार्यालय तथा गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्नेछ । साथै, प्रदेश कानुनबमोजिमका अरु कार्य पनि जिल्ला सभाले गर्नेछ ।