काठमाडौं साउन १५ । नेत्रावती गाँउपालिकाका जननिर्वाचित प्रतिनिधिहरुलाई स्वगत गर्दै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीब पहरीले अहिलेको सरकारले, राष्ट्र हितको भन्दा अहितको काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, कुनैबेला टाउकोको मुल्य तोकिएका र मुल्य तोक्ने हरुको अपवित्र गठवन्धन भएको छ, जुन गठबन्धन स्वर्थको निम्ति हो, यसबाट कुनै पनि आश गर्नु बेकार छ, आश नगरे हुन्छ ।
युवा संघ नेपाल नेत्रावती गाउँपालिका धादिङको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै पहरीले भन्नुभयो निर्वाचित जनप्रतिनिधिलाई भन्नुभयो अबको पाँच बर्ष सम्मको स्थयी सरकार तपाहरु हो, तपाईंहरू अधिकार सम्पन्न हुनुहुन्छ, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तपाईंहरू कै साथ हुनेछ, तपाईंहरू अब सबै जनताकोको गाँउपालिका प्रमुख, वडा अध्यक्ष र सदस्य हो । तसर्थ कुनै पार्टीको मात्र काम नभएर सम्पूर्ण जनताको काम गर्नुहोस् ।
विशेष अतिथिको रुपमा बोल्दै निर्वाचित गाउँपालिका प्रमुख दुर्गा कुमार शाक्यले भन्नुभयो ५ बर्ष कार्यका सम्म जनताको हितकै निम्ति काम गर्ने र अहितमा कहिलै काम नगर्ने र अरुले गर्यो भने कारबाही गर्ने बताउनु भयो । बजेट बिनियोजन गर्दा पनि सबै वडालाई उचित ढंगले गरेको बताउदै पर्यटन, रिङरोड, जस्ता कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
विशेष अथितिकै रुपमा बैल्दै युवा संघका केन्द्रीय स्वास्थ्य बिभाग सचिव सन्तोष सिलवालले भन्नुभयो अब युवहरुलार्इ प्लास्टिकको कप झै युज एण्ड थ्रो होइन हरेक नेतृत्वको तह र तप्कामा अघि बढाउनु पर्ने बताउनु भएको थियो ।
काठमाडौं स्थित माछापोखरी नजि कै एक होटलमा भएको उक्त कार्यक्रममा विषेश अतिथिको रुपमा सम्पर्क मञ्चका सहसचिव अर्जुन तिमल्सिना, युवा संघ जिल्ला सचिव काजी श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
जनप्रतिनिधिहरु गाउँपालिकाका प्रमुख, वडा अध्यक्षहरु, वडा सदस्यहरुलाई प्रमुख अतिथि राजिव पहारिद्वारा खादा, अबिर लगाएर सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता हरिराम सापकोटाले गरेमा थिए भने संचालन नवीन पन्तले गरेका थिए /