खिमलाल देवकोटाले राजीनामा दिनुको कारण सार्वजनिक गरे

Avatar photo
Dhadingpost
शनिबार, साउन १४, २०७४

धादिङ साउन १४ । नयाँ शक्तिका नेता खिमलाल देवकोटाले आफुले राजीनामा दिनुका कारण सार्वजनिक गरेका छन् ।
नयाँ शक्ति नेपालको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को बैठकमै राजीनामा पेस गरेका थिए । उक्त राजीनामा पत्र देवकोटाले फेसबुमा पोष्ट समेत गरेका छन् ।

उनले फेसबुकमा भनेका छन् । पार्टीको चुनावी परिणाम अपेक्षित थिएन । यस्तै चुनावी परिणामलाइ लिएर २०७० सालमा अध्यक्ष प्रचण्ड्को राजिनामा मागियो उहाले दिनुभएन अनि बाबुरामजीको नेतृत्वमा म समेतले नयाँ शाक्तिको खाचो महशुस गरेउ र अघि बढीयो अहिले त्यस्तै स्थिती आयो ।

नैतिक जिम्मा सयोजकका नाताले बाबुरामजिले नै लिनुप्र्थ्यो तर लिनुभएन । अरुको त कुरै भएन उल्टो पदाधिकारि बनाउन कस्सिनुभो त्यस्पछी मैले पार्टीको तर्फबाट जिम्मा लिन पर्छ भनेर ६ बुदे लिखत सहित पार्टी हैन प्रबक्ता पद परित्याग गरे र मेरो ब्यहोरा बैठकमा जानाकारी गराइदिन आग्रह गरेको थिए । तर मेरो पत्र बैठक्मा सुनाइदिनुभएन र धेरै साथिहरु चिन्ताकासाथ सम्पर्क गर्नुभो मैले प्रस्ट पार्ने कोसिस गरे ।

बाबुरामजिलाइ मेल गरि मेरो पत्र बैठकमा सुनाउनुहुन्छ कि मै सर्बजनिक गरु भनेपछी बल्ल बैठकमा जानाकाती सम्म गरौनुभएछ तर पुरै बाचन गरिदिनुभएन्छ । झन साथिहरु दुबिधामा परेको महसुस भएकोले यसै माध्यम बाट सार्ब्स्जनिक गर्न आबस्यक भएकाले यो तथ्री सार्बजनिक गरेकोछु । प्रष्ट पार्न चहन्छु कि मैले पार्टी छोडेको हैन पद छाडेको हुँ।
यस्तो छ राजीनामा पत्रका बुँदा

श्री संयोजकज्यु मिति २०७४।०४।१०
नया शक्ति पार्टी नेपाल, केन्द्रिय कार्यालय
विषयः पदीय जिम्मेवारी त्याग गरेको वारे ।
१ विश्व राजनीतिमा स्थापित राज्य नियन्त्रित सामाजवाद र उदारवादी पुजिवाद दुवैले विश्वसमाजलाई विभाजन गर्न सके समाधान दिन सकेनन् । त्यसैले विश्व राजनीतिमा यी दुवैको विकल्पको खोजी भैरहेको सन्दर्भमा नेपालमा पनि त्यसको खोजी हुनु स्वभाविकै थियो र वैकल्पिक राजनीतिको स्थान विश्व राजनीति र नेपाली राजनीतिमा पनि पर्नु अनिवार्य थियो । सो संगसंगै नेपाली समाजमा राजनैतिक विकासका हिसावले ध्वसंको राजनीतिवाट निर्माणको राजनीतिमा प्रवेश गरेको ऐतिहासिक घडीमा ध्वंसकालागि तयार गरिएका पार्टीहरु अव जस्ताको तस्तै काम नलाग्ने भएको विशिष्ठ अवस्थामा नेपालमा वैकल्पिक राजनीतिको खाचो महशुस गरी विगत केही वर्षको अन्तरक्रिया मार्फत नया शक्ति पार्टी नेपालको घोषणा गत वर्ष मात्रै गरिएको थियो ।

२ पार्टी घोषणा लगत्तै जनतामा जानुपर्नेमा आरम्भदेखि नै पार्टी उल्टो वाटो हिडन शुरु गरयो । रंगशालाको लाखौको जमातवाट कमलादिमा केही हजार लिएर पुग्यो वाकी छुटे । त्यहावाट पनि ववरमहलमा केही सय मान्छे लिएर आयौ । ववरमहलवाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यु पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो । त्यस पछिको लगभग असी प्रतिशत समय परिषद सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र वढुवा गर्ने ध्यानमा नै प्राय वैठकहरु सकिन थाले । पटक पटक मैले असहमति राख्दै आए तर सुनुवाई भएन । पार्टीको वैकल्पिक राजनीतिको हेक्का सम्म पनि हुन छाडयो ।

३ जनतामा जान, जनसेवा गर्ने, हेल्प डेस्क राखेर जनताका काम गरिदिने जस्ता वाचा केवल कल्पनामा सिमित रहे । पार्टी नवन्दै गुटै गुटमा नेताहरु रमाउन पुगे । फलत निर्वाचन आयो । निर्वाचनमा कर्म अनुसारको पल आउनु कुनै नौलो कुरा थिएन । अनपेक्षित परिणाम हात परयो । तत्पश्चात निर्वाचनको निर्मम समिक्षा गरेर अघि वढने वेलामा झन पदाधिकारी वडाफाड नगरेका कारले यो अवस्था आयो अव पदाधिकारी वाडफाड गरौ भन्ने दिशा तर्फ वहस मोडियो ।

४ २०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजिनामा दिन पर्छ भनियो निकै जोड गरियो नया शक्तिको खाचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण वनाईयो । तर आज आफुलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन । त्यसैले कहि न कहि समस्या छ । यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महशुश भै मैले नैतिक जिम्मेवारी लिदै पार्टी प्रवक्ता, संचार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निष्कर्षमा पुगेको व्यहोरा यस अघि अनौपचारिक छलफलमा व्यक्त गरेकै थिए । सोही कुरालाई अहिले औपचारिक रुपमा यो जिम्मेवारी परित्यागको पत्र प्रेसित गरेको छु । वैठकमा जानाकारी गराईदिनुहुन अनुरोध छ ।

५ भुराजनीति तिव्रतामा निर्मृम ढंगले फेरिएर अघि वढदैछ । यो परिवेशमा नेपालका राजनैतिक दलहरु दृढतापुर्वक देश र जनताको हितमा उभिएर देशभक्त वन्ने कि कसैको ईच्छा पुर्ति गरिदिने साधनमा परिणत गर्दै दलाल वन्ने भन्ने गंभिर मोडमा परिक्षाको घडीमा उभिएकाछन् । नया शक्ति पार्टी जुनसुकै चुनौतिलाई सामना गर्दै देशभक्तिको झण्डा उठाउन सक्षम हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
६ मैले यस अघि दिईएको पदीय जिम्मेवारी त्यागे पनि वैकल्पिक राजनीतिको महान अभियानमा अग्रपक्तिमा रहेरै योगदान गर्ने प्रण र प्रतिवद्धताको विश्वास दिलाउछु ।

खिमलाल देवकोटा
नया शक्ति निर्माण अभियन्ता