तालिम समापन गर्दै उपमेरले भने- अब व्यवसाय हेरिन्छ

Avatar photo
Dhadingpost
शनिबार, साउन १४, २०७४

धादिङबेसी साउन १४ । धादिङबेसीमा संचालन गरिएको ४५ दिने आधारभुत सिलाई कटाई तालिम समापन गर्दै नीलकण्ठ नगरपालिकाका उपमेयरले भने तालिम सकियो अब व्यवहार हेरिन्छ ।

स्वरोजगार कार्यक्रम अन्तरगत नगरपालिकाले तालिमलाई सहयोग गरिएको बताउँदै उपमेर भण्डारीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लैजान जोड दिनु भएको थियो । यस्ता तालिम धेरै भए तालिम लिएर हराउने गरेको उदाहरण दिँदै तालिम लिने ६० जनाले आफ्नो सिपले व्यवसाय गर्न आग्रह गर्नुभएको थियो ।

नीलकण्ठ नगरपालिकाको ५ लाख आर्थिक सहयोग, घरेलु विकास कार्यालय धादिङको प्रशिक्षक सहयोगमा जेष्ठ ३० गतेबाट सुरुभएको तालिम आज सम्पन्न भएको हो ।

कार्यक्रमका सभापति तथा नीलकण्ठ सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष दिपक विश्वकर्माले स्वारोजगार मुलक उद्धेश्य राखेर तालिम आयोजना गरिएकोको बताउँदै तालिमका लागि सहयोग गर्ने नगरपालिका र घरेलुलाई विशेष धन्यावाद दिनुभएको थियो ।