धादिङमा लेखन्दासको चुनाव आज कस्ले मार्ला बाजी ?

Avatar photo
Dhadingpost
शनिबार, साउन १४, २०७४

धादिङ साउन १४ । धादिङ जिल्लाको मालपोत परिषरमा रहेर काम गर्ने लेखन्दासहरुको जिल्ला अधिवेसन दुई प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ ।

आज धादिङबेसी स्थित उद्योग वाणिज्य संघको हलमा हुन गहिरहेको अधिवेसनमा करीव ३ सयको हाराहारीमा रहेका लेखन्दासहरु बीच रामप्रसाद नेपाल समुह र भोजराज परियार समुह बीच प्रतिस्पर्धा हुने भएको हो ।

माओवादी निकट मानिएका रामप्रसाद नेपाललाई नेकपा एमाले र नयाँ शक्ति निकट लेखन्दासहरुले सहयोग गर्ने भएका छन् भने नेपाल सँग नेपाली काँग्रेसका लेखन्दास भोजराज परियार एक्लै प्रतिस्पर्धा गर्न लागेका छन् ।

अधिवेशन तयारीको चटारोमा जुटेका एक लेखन्दास भन्छन्- यो पटक रामप्रसाद नेपाल अध्यक्ष हुन्छन्, उनी माओवादी केन्द्र निकट भएपनि काममा कहिले माओवादी केन्द्र मात्र भएनन्, काममा स्पष्टता छ, सालिन र भद्र छन्, सबै सँग सम्बन्ध राख्न सक्ने उनलाई स्वतन्त्र र काँग्रेस निकट मानिका म जस्तै लेखन्दासको भोट पनि रामप्रसादलाई जान्छ । पार्टी हेरेर हुन्न उम्मेदवार उसको कार्यशैलि र स्वाभावले प्रभाव पर्छ त्यसैले हाम्रोले हैन राम्रोले जित्छ ।

जिल्ला मालपोत कार्यालय परिषरमा अनुमतिपत्र लिएर लेखन्दासको रुपमा काम गर्ने लेखन्दासहरुलाई लागेको आरोप चिर्ने आफ्नो पहिलो काम हुने रामप्रसाद नेपालले बताउनु भयो । लेखन्दासलाई ठगन्दास भन्ने आरोप छ, हामी आफै सुध्रिएनौ भने सेवाग्रहीले कहिले विश्वस गर्ने ? सेवाग्रहीका काम पारदर्सी ढंगले गर्ने वातावरण मिलाउँछौ । घुस लिने दिने जुन आरोप छ त्यसको अत्य गर्न आफ्नो उम्मेदवारी रहने बताए ।