विकास भण्डारी
धादिङ, थाँक्रे साउन १२ । नेपाल टेलिकमको थाक्रे गाउँपालिका वडा नं ७ हाप्सेचौरमा रहेको प्रिपेड र स्काई मोबाईल टावर मर्मत पछि फोन सेवा सुचारु भएको छ ।
एक साता देखि हाप्सेचौरमा रहेको प्रिपेड र स्काई मोबाईल टावर विग्रियपछि यस आसपासका सेवाग्रहीहरु मर्कामा परेका खबर धादिङपोष्टले प्रकाशित गरे पछि नेपाल टेलिकमका कर्मचारीले आज मर्मत गरे सँगै फोन सेवा सुचारु भएको हो ।
मर्मत गर्ने निकाय नेपाल टेलिकमले चासो देखाई रहेका थिएन । नौबिसेबाट २०-२५ मिनेटको दुरीमा रहेको यस टावरमा के समस्या भएर खरावी भएको हो चेक गर्नपनि टेलिकमका कर्मचारि आएनन् धादिङबेसी अफिसमा फोन गर्यो सुन्धारले हेर्ने हो भन्छ सुन्धारमा सम्पर्क गर्दा धादिङले नै हेर्ने भन्छ खास कस्ले हो ? स्थानीयहरुले गुनासो प्रकाशित भए सँगै गरेपछि नेपाल टेलिकमले तत्परता देखाएई टावर मर्मत गरेको थियो । हप्ता दिन देखि थाँक्रे ५, ७ र ८ वडाहरुमा फोन सेवा सुचारु भएको छ ।