धादिङबेसी साउन ११ । भुकम्पपछिको पुननिर्माणमा भवन संहिता कार्यन्वयनको अवस्था, चुनौती र सिकाई विषयक जिल्ला स्तरीय कार्यशाला धादिङबेशीमा सम्पन्न भएको छ ।
कार्यशाला कार्यक्रममा पुन निमार्ण कसरी गर्ने इन्जिनियरहरुलाई कसरी काम लगाउने भुकम्प प्रतिरोधी घर कसरी बनाउने भन्ने बारे भवन डिभिजन कार्यलयका दिलिप भण्डारीलेसहजी करण गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुङगनाले विकास निमार्णको काम कछुवाको गतिमा गएकाले अब छिटो भन्दा छिटो जनताको घर दैलोमा पुगेर राहत दिनुपर्र्ने भुकम्पको रातोकार्ड सम्बन्धी जनतालाई बुझाउन सबै जननिर्वाचित प्रतिनिधीहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी महेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय विकास अधिकारी जिवलाल भुसालको आतीथ्यता रहेको थियो कार्यक्रममा नीलकण्ठ नगर उपप्रमुख मनराज भण्डारी शैलेश गाउँपालिका प्रमुख विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।