प्रहरी शासक हैन सेवक बन्न, स्थानीयको आग्रह

Avatar photo
Dhadingpost
बुधबार, साउन ११, २०७४

विकास भण्डारी,
धादिङ साउन ११ ।
जिल्ला प्रहरी कार्यलय धादिङले थाँक्रे गाउँपालिका ७ मा गरेको नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले प्रहरीको आचरण सुर्धान अनुरोध गरेका छन् ।

जनताको चाहना बमोजिम प्रहरीको व्यवहार प्रस्तुत हुनु पर्ने बोलीचाली शासकको जस्तो नभई सेवकको रुपमा प्रस्तुत हुनु पर्ने, प्रहरी भेट्दा असाह्यले साहरा भटे जस्तो महसुस गर्न पाउनु पर्ने जस्ता आवाज उठाएका थिए ।

स्थानीयहरुको जवाफ दिदै जिल्ला प्रहरि कार्यलय धादिङका निमित्त प्रहरि प्रमुख डिएसपि दिपेन्द्र पञ्जियारले प्रहरी जनताको सेवक भएको र जनता कै सुरक्षाको लागि खटिएको बताउनु भएको थियो । प्रहरीको आचरण र व्यवहार बदल्नहर सम्भब पहलमा प्रहरी रहेको बताउनु भएको थियो ।

थाक्रे गाउपालिका ७ मा रहेको वडा कार्यलयमा भएको कार्यक्रम वडा अध्यक्ष रामकुमार बस्नेतको सभापतित्व सम्पन्न भएको थियो ।