एड्भान्स एकेडेमीका विद्यार्थीद्वारा पुराना पैसा प्रदर्शनी

Avatar photo
Dhadingpost
बुधबार, साउन ११, २०७४

धादिङ साउन ११ ।  धादिङबेसी स्थित एड्भान्स एकेडेमी कक्षा १० मा अध्ययनरत विद्यार्थीले संकलन गरेका पुराना नेपाली तथा विदेशी सिक्का नोठ हरु प्रदर्शन गरिएको छ ।

शैक्षिक विधिलाई नयाँ र प्रयोगात्मक बनाउँदै लगेको एड्भान्स एकेडेमी कक्षा १० मा अध्ययनरत विद्यार्थीले संकलन गरेका वि.स. १६२२ देखिको सिक्का प्रदर्शनमा राखिएको थियो ।

१६२२ लेखिएको प्रष्ट देखिने उक्त सिक्का कति पैसा हो केहि उल्लेख गरिएको थिएन भने वि.स.१९७५ मा प्रचलनमा आएको १ रुपयाँ, वि.स. १९८१ मा प्रचलनमा आएको ५ पैसाको सिक्का, वि.स. १९९० मा प्रचलनमा आएको सिक्का, र त्यस पछिका सिक्काहरु प्रदर्शनमा समावेस गरिएको थियो ।

नेपाली सिक्काको इतिहाँस पुरानो छ, तर पनि विद्यार्थी आफैले संकलन गरेर पर्दशनीमा राखिएका सिक्काहरु धेरै पुराना थिए, प्रदशनीमा राखिएका सिक्काहरु कक्षा ५ भन्दा माथिका सबै विद्यार्थी र शिक्षकहरुलाई अवलोकल गराईएको थियो । वि.स. १९४५ बाट नेपालमा पहिलो पटक प्रचलनमा आएको कागजी नोट ५, १० र १०० रुपैँयाका बैँक नोटहरु समेत प्रदर्शनीमा राखिएका थिए ।

जतिट काम थियो विद्यार्थीहरुको आफ्नै सक्रियतामा धेरै पुराना सिक्काहरु खोजेर ल्याउन सक्नाल् भन्ने सोचेको थिएनौ कक्षा १० का कक्षा शिक्षक रामकुमार श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो । विद्यार्थी कै मेहनतका कारण १९७५ मा प्रचलनमा आएको १ रुपैयाको सिक्का र २००५ मा प्रचलनमा आएको १ पैसा सिक्का आफ्नो हातले स्पर्ष समेत गर्न पाइयो । नेपाली तथा विदेशी पैसा प्रर्दशनी महत्वपूर्ण रहेको भन्दै शिक्षक श्रेष्ठ भने- सँधै विद्यार्थीलाई सिकाइन्थ्यो आज विद्यार्थीहरुबाट पनि सिक्ने मौका पाइयो ।