विकास भण्डारी
धादिङ, थाँक्रे साउन ११ । नेपाल टेलिकमको थाक्रे गाउपालिका वडा नं ७ हाप्सेचौरमा रहेको प्रिपेड र स्काई मोबाईल टावर विग्रिय पछि फोन सेवा अवरुद्ध भएको छ ।
एक साता देखि हाप्सेचौरमा रहेको प्रिपेड र स्काई मोबाईल टावर विग्रियपछि यस आसपासका सेवाग्रहीहरु मर्कामा परेका छन् ।
मर्मत गर्ने निकाय नेपाल टेलिकमले चासो देखाई रहेका छैन नौबिसेबाट २०-२५ मिनेटको दुरीमा रहेको यस टावरमा के समस्या भएर खरावी भएको हो चेक गर्नपनि टेलिकमका कर्मचारि आएका छैन् । धादिङबेसी अफिसमा फोन गर्यो सुन्धारले हेर्ने हो भन्छ सुन्धारमा सम्पर्क गर्दा धादिङले नै हेर्ने भन्छ खास कस्ले हो ? स्थानीयहरुले प्रश्न गरे ।
टावर विग्रदा हप्ता दिन देखि थाक्रे गाउपालिका वडान ५, ७ र ८ स्तानियहरु फोन सम्पर्कबाट बन्चित बनि रहेका छन् ।