धादिङ सिम्लेमा प्रहरी चौकी स्थापना सँगै स्थानीयमा खुसीयाली

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १०, २०७४

धादिङ साउन १० । धादिङको थाक्रे गाउँपालिक सिम्लेमा अस्थायी प्रहरी चौकी स्थापना सँगै स्थानियहरुले खुसीयाली मनाएका छन् ।

थाँक्रे २ वडाका अध्यक्ष राज कुमार पौडेलको सभापतित्वमा भएको अस्थायी प्रहरी चौकी कार्यक्रममा स्थानियहरुले आफुहरु सुरक्षित आभाष मिलको बताउँदै खुसीयाली मनाएका हुन् ।

प्रहरी नायव उपरीक्षक दिपेन्द्र पन्जियार थारुको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा थाक्रे गाउँपालिका १ का वडा अध्यक्ष इन्द्र बहादुर थापा र ११ का वडा अध्यक्ष रवि प्रकाश ओझा, स्थानीयहरु नवीन कुमार रिजाल, श्यामसुन्दर थापा, राजु थापा, विष्णु प्रसाद रुपाखेती, इश्वरी प्रसाद रिजाल, राम कुमार थापा, राम बहादुर तामाङ, शिक्षक बिसु भण्डारी, जिल्ला ट्राफिक प्रमुखको कृष्ण राज सापकोटा लगायत अन्य व्यक्तिहरुको पनि आतिथ्यता रहेको थियो ।

प्रहरी सहायक निरीक्षकको खिम बहादुर जि।सी।को कमाण्ड रहने गरि स्थापना भएको उक्त अस्थायी प्रहरी चौकीमा हाल एक ट्राफिक सहित ७ प्रहरी रहने ब्यवस्था गरिएको छ ।