धादिङ साउन ८ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ७ खहरेमा रहेको कृषि सेवा केन्द्रमा वर्डा अध्यक्षले नै तालाबन्दी गरिदिएका छन् ।
विगत ३ महिना देखि कृषि सेवा केन्द्रका कृषि जेटिए श्रीप्रसाद जैसि कार्यालय नआएको र कृषकले दुखपाएको भन्दै अर्को जेटिए नआए सम्मको लागि भन्दै वर्डा अध्यक्ष देवराज धरेलले तालाबन्दी गरि दिएका हुन् ।
धादिङपोष्ट सँग कुरा गर्दै वर्डा अध्यष धरेलले भने कृषि सेवा केन्द्र छ भन्नुमात्र भयो विगत ३ महिना देखि जेटिए छैनन् आज आफु पुग्दा १० जना कृषकहरु थिए, वर्डा अध्यक्ष ज्यू के हो सेवा केन्द्रको अवस्था भन्ने प्रश्न तेस्र्याए आफुले पटक पटक यस विषयमा कृषि कार्यालय सँग समस्या राख्दा पनि कर्मचारी नपठाए पछि किसानलाई किन थप सास्ती दिनु भनेर अर्को जेटिए नआए सम्मको लागि तालाबन्दी गरिएको बताए । स्थानीय नीकाय गठन भएपछि पनि जनताले सेवा सुवीधा पाएनन् भने के जनप्रतिनीधि भएर बस्नु त्यसैले तालाबन्धी गरि दिएको धरेलले बताए ।
तालाबन्दीको विषयमा जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकारी केशव देवकोटाले भने खहरे सेवा केन्द्रमा कार्यरत जैसिलाई विभागले नै तानेकोले समस्या भएको हो हामीले १ २ दिन मै रामहरि श्रेष्ठलाई गाउँपालिका हेर्ने गरि पठाउने निर्णय गरि सकेका थियौ आज ताला बन्दी भएछ । समस्या भएको पक्कै हो तालाबन्दी गर्नु पहिले अध्यक्ष ज्यू सँग सम्पर्क नभएकोले तालाबन्दी हुनपुग्यो अब १२ दिनै रामहरि श्रेष्ठ कार्यक्षेत्र पुग्ने बताए ।