धादिङ, साउन ६ । धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको कारागारको नयाँ भवन उद्रघाटन गरिएको छ ।
वि. स. २०३२ सालमा बनेको निकै सागुरो जीर्ण र पुरानो भवनमा नियम विपरित तोकिएको सङ्ख्या भन्दा बढी बन्दीहरु बस्न वाध्य थिए बुधवार एक विशेष कार्यक्रममका बीच ति बन्दीलाई नयाँ भवनमा सारिँदै उद्धाटन गरिएको हो ।
दुई करोड १५ लाख ६१ हजार ४८३ लागतमा निर्माण गरिएको उक्त नयाँ भवनमा उनीहरुलाई उच्च सुरक्षाका साथ लगिएको थियो ।
पुरानो कारागारमा १८ महिला र १९२ पुरुष गरी २१० कैदीबन्दी बस्दै आएका थिए । सुरक्षालाई दृष्टिगत गरी १०र१० जनाको समूहमा उनीहरुलाई नयाँ भवनमा सारिएको थियो। महिला र पुरुषका लागि छुट्टाछुट्टै कक्ष रहेको नयाँ भवन आधुनिक सुविधा सम्पन्न छ ।
यसअघि उक्त भवनको उद्घाटन गर्दै कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले कैदीबन्दीका लागि मुलुकभरी यस वर्ष सात वटा सुविधा सम्पन्न नयाँ भवन निर्माण भएको बताउँदै निर्माण भएका ती नयाँ भवनमा कैदीबन्दीलाई राख्ने क्रम जारी रहेको बताउनु भएको थियो ।
आगामी वर्षदेखि नुवाकोटमा राष्ट्रियस्तरको र बाँकेमा क्षेत्रीयस्तरको कारागार निर्माण गरिने पनि उनले जानकारी दिए ।
धादिङका प्रमुख जिल्ला अधिकारी महेश आचार्यले भवन उद्घाटन कार्यक्रममा बोल्दै पुरानो कारागार भवन भत्काएर सो स्थानमा महिला कारागार भवन निर्माण गरिने बताउनु भएको थियो ।