धादिङ साउन ५ । पर्यटन वर्ष पुरुष २०१७ अवार्ड पर्यटन व्यवसायी तथा समाजसेवाका अभियन्ता, माउण्टेन डिलाईट्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि. का प्रबन्ध निर्देशक राम सापकोटा (कमल) लाई प्रदान छ ।
स्थानिय निर्वाचन सँग सँगै पर्यटनको गति र दिशा भन्ने मुल नाराका साथ गन्तव्य नेपालले आफ्नो वार्षिक उत्सवको अवसरमा पर्यटन वर्ष पुरुष २०१७ को अवार्ड धादिङ ज्यामरुङ निवासी कमल सापकोटालाई प्रदान गरेको हो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)का अध्यक्ष समेत रहनु भएका सापकोटालाई नेपाल सरकारका गृह मन्त्री जनार्दन शर्मा (प्रभाकर) ले उक्त महत्वपूर्ण अवार्ड प्रदान गर्नु भएको थियो ।
होटल अन्नपुर्ण दरवारमार्ग काठमाडौमा भएको उक्त अवार्ड प्रदान कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले पर्यटकीय स्थलहरु काठमाडौंका ठमेल, दरवारमार्ग तथा पोखरा लेक साइट २४ घण्टा खुल्ने निर्णय सरकारले गरिसकेको बताउनु भएको थियो । कार्यान्वयनका लागि सम्बधित निकायलाई निर्देशन दिईसकेकोले समेत मन्त्री शर्माले बताउनु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापा, नेपाल पर्यटन वोर्डका सञ्चालक समिति राजेन्द्र सापकोटा, निट नेपालका अध्यक्ष दिपक महत, पर्यटन व्यवसायीहरुले सरकारले पर्यटन नीतिलाई दृढताका साथ कार्यन्वयन गर्न आग्रह गरेका थिए ।
सापकोटा विगत लामो समय देखि पर्यटन व्यवसायका अलावा समाजसेवामा महत्वपूर्ण योगदान पुर्याउनु भएकोले यस वर्षको टुरिजम म्यान अफ दि इयर अवार्ड सापकोटालाई प्रदान गरिएको अवार्ड छनोट समितिका संयोजक रामशरण थपलिया जानकारी दिनु भयो ।