स्थानीय तहमै मतदाता नामावली संकलन गरिने

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३, २०७४

धादिङ साउन ३ । राजनैतिक दलहरुले स्थानिय तह मै मतदाता नामावली संकलन तथा अध्यावदी गर्न गरेको अनुरोधलाई निर्वाचन आयोग स्वीकारेको छ ।

स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गर्दै निर्वाचन आयोगले समय पनि थप गरेको छ ।

मतदाता नामावलीमा नाम लेखाउन र अध्यावधी गराउन जिल्ला सदरमुकाम आउने पर्ने बाध्यता हटेको छ ।
निर्वाचन आयोगको मंगलबार बसेको बैठकले मतदाता नामावली संकलनलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म पुग्ने निर्णय गरेको हो ।

साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचनको मिति घोषणा नहुँदासम्म नामावली संकलन गर्ने निर्णय भएको छ । अन्य स्थानीय तहको कार्यालयमा साउन १६ देखि ३२ गतेसम्म नाम दर्ता तथा संकलन गरिने आयोगले जनाएको छ