निर्वाचन कार्यालय धादिङमा भिड बाक्लिदै

Avatar photo
Dhadingpost
सोमवार, साउन २, २०७४

धादिङ साउन २ । जिल्ला निर्वाचन कार्यालय धादिङमा मतदाता नामावली संकलन तथा अध्यावधिक गर्नेहरुको भिड लाग्न सुरु भएको छ ।
आइतबार देखि सुरुभएको मतदाता नामावली संकलन तथा अध्यावधिक गराउन आउनेको भिड लाग्न थालेको हो ।

निर्वाचन आयोगले साउन १ गतेदेखि १५ गते सम्मका लागि १६ वर्ष उमेर पुगेका नेपाली नागरिकको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा यसअघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत विवरण भरिएका मतदाताको अध्यावधिक गर्नका लागि निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली सङ्कलन सुरm गरेको छ ।

आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको छ । तर राजनीतिक दलहरूले भने १५ दिनको अवधि बढाएर १ महिना गर्न र बसेकै ठाउँबाट दर्ता गर्न सकिने व्यवस्था गर्न माग गरेका छन् । जिल्ला स्थित राजनितिक दल र सरोकारवालाहरुले सम्बन्धीत स्थानिय तहबाटै नाम दर्ता एवम अद्यावधिक गर्ने काम हुनुपर्ने माग गरेका थिए । बर्षाको समय भएको कारणले पनि जिल्लाको बिकट क्षेत्रहरुबाट जिल्ला सदरमुकाम पुगेर नाम दर्ता गर्न सकिने अबस्था नभएकोले स्थानिय तहका वडा कार्यालय वा गाउँपालीका नगरपालीकाबाटै मतादाता नामावली संकलन र अध्यावधीक गरिनुपर्ने दलका प्रतिनिधिहरुले मागका बीच जिल्ला निर्वाचन कार्यालय धादिङले फोटो सहितको मतदाता नामावली दर्ता तथा अध्यावधिक सुरु गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार श्रावण १५ गते सम्म छुट भएका मतदाताको दर्ता, गलत विवरण भरिएका मतदाताको अध्यावधिक गरिने र १६ गते बाट २० गते सम्म मतदाता नामावलीमा दावी विरोध गर्न सकिने छ ।