धादिङ असार ३१ । माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जम्पकट्टेलले आफ्नो व्यक्तिगत लगानीमा धादिङको गजुरीबाट व्यवसायीक रेडियो यूनिक एफ्एम प्रसारणमा ल्याएका छन् ।
नियमित प्रसारणको पूर्व सन्ध्यामा यूनिक एफ्एमले रेडियो उद्घोषण तालिम शुक्रबार सम्पन्न गरेको छ । तालिम समापन गर्दै जमकट्टेलले पत्रकार तथा सञ्चार माध्यम ले नागरिकको आधारभूत अधिकार, बिचार तथा अभिव्यक्ति स्वतन्त्रता को संरक्षण सम्बर्द्धन का निम्ति सदैव सत्यतथ्य सूचना प्रवाह गर्नु पर्ने बताउनु भएको थियो ।
उहाँले पछिल्लो समय हतारमा समाचार लेख्ने र यथार्थ नबुझी समाचार प्रवाह गर्ने प्रवृत्ति प्रती इङ्गित गर्दै पत्रकार तथा सञ्चार माध्यमलाई वस्तुनिस्ठ, स्वच्छ, मर्यादित र बिस्वसनिय पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो। तालिममा जिल्लाका विभिन्न ठाउँका २१ जनाको सहभागिता रहेको थियो ।
धादिङको गजुरी बजारबाट यूनिक एफ्एम बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म प्रशारण हुने विक्रम अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।