धादिङमा बन्दले जनजीवन प्रभावित

Avatar photo
Dhadingpost
मङ्लबार, असार २७, २०७४

धादिङ असार २७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्द आँशिक प्रभाव धादिङमा परेको छ ।

धादिङबेसीका पसलहरु आशिंक खुलेका छन् भने विहानमा पढाईहुने शैक्षिक संस्थाहरुमा कुनै प्रभाव परेको देखिँदैन मोटर साइकल भन्दा बाहेकका कुनै पनि सवारी साधनहरु चलेका छैनन् । धादिङबेसीबाट काठमाडौ, पोखरा, नारायण घाट चल्ने कुनै पनि समितिका गाडीहरु नचल्दा यात्रुहरुभने मर्कामा परेका छन् ।

स्थानीय तहको निर्वाचन खारेजीको माग गर्ने अभियानमा आफ्ना कार्यकर्ता पक्राउ परेको र पक्राउ गरिएका कार्यकर्ताको निशर्त रिहाइ गर्दै बन्दको आयोजना गरिएको उक्त पार्टीले बताएको छ । तर धादिङ जिल्लामा भने नेकपाका कुनै कार्यकर्तालाई यो पछिल्लो चरणमा प्रहरीलले पक्राउ गरेको छैन

सोमबार साँझ धादिङबेसी र आसपासको क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बन्द सफल बनाई दिन आग्रह गर्दै घरदैलो गरेका थिए ।