पालले छाएको विद्यालय परेन राहत पाउने १४३ मध्ये

Avatar photo
Dhadingpost
सोमवार, असार २६, २०७४

धादिङ असार २५ । जिल्ला शिक्षा कार्यालय धादिङले भुकम्पले क्षेति पुर्याएका १४३ वटा विद्यालयहरुलाई भवन निर्माण तथा मर्मतको लागि राहत उपलब्ध गराएको छ ।

भुकम्पले क्षेति पुर्याएको र अहिले सम्म त्रिपालमुनी राखेर पठन पाठन गरिरहेको निमार्चोक आधारभुत विद्यालय, राहत वितरण गरिएको १४३ विद्यालय मध्ये नपर्ने विद्यालय हो ।

नेत्रावती १ मार्पाकमा रहेको निमार्चोक आधारभुत विद्यालय कक्षा ८ संचालित छ । २०७२ को महाभुकम्पले जगै समेत लडेको उक्त विद्यालय साइकलिङ नेटवर्क नेपालले २०७२ जेठमा बासको खामा, डाडा, भाटा प्रयोग गरि त्रिपालको छाना लगाइ कक्षा चलाइएकोमा २०७२ चैते हुरिले उडायो र फेरि उहीँ संस्थाले बनाइ दिएको थियो ।

भुकम्पले पूर्ण क्षेति भएको यस विद्यालयमा अहिले पनि त्रिपालमुनि पटन पाठन गरिदै आएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशरीप्रसाद पन्तले राहत वितरणमा मनोमानि भएको बताउनु भयो ।

भुकम्पले भवन क्षेति हुँदा देखि जिल्ला शिक्षा कार्यालय सँग राहतको लागि अनुरोध गर्दै आयौं, कार्यालयले पनि हुन्छ स्रोत जुट्नाथ भवन सहयोग गर्ने बताउँदै आएको थियो तर अन्तिममा  निमार्चोक आधारभुत विद्यालयलाई नियत बस भवन वनाउन राहत उपलब्ध नगराईएको बताउनु भयो । समयमा निवेदन दिएकै हौ अहिले सम्म हामीले भवन निर्माणको लागि कहि कतैबाट सहयोग पाएका छैनौ तर निमार्चोक आधारभुत विद्यालय किन पाएन राहात आफु आश्चर्य चकित भएको पन्तले बताउनु भयो ।

जिल्लाका पाउनु पर्ने १४३ विद्यालयले भवन मर्मत संहारको लागि राहत पाएको जिल्ला शिक्षा कार्यालय धादिङका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो । एकाद केहि विद्यालयले भवन निर्माणको लागि अन्य संघ संस्थाहरुको सहयोग पाएको देखिएकोले ति विद्यालयहरु राहत पाउन छुटेको बताउनु भयो ।

राहत पाउने १४३ विद्यालय र रकम