Ganesh Aryal
अन्तत; फेरि पनि केही सपना जागेका छन।केही आशाले यथार्थको धरातल टेकेका छन त केही अझै निराशामा लुप्त छन । यो अन्तरको बसाइले सिकाएको छ कि मरुभुमिमा बस्नेले खोला धमिलो भएको र ढल्दै गरेको रुखको सपना कहिल्यै देख्नु पर्दैन न त एउटा कृस्चियनले कहिल्यै मन्दिर ढल्दै गरेको र देवता रिसाउदै गरेको सपना नै देख्नु पर्छ। दुस्वप्न त केवल सम्भावित डरका झलक मात्रै हुन ।
यस्तै यस्तै कुराहरुले जिवनमा थप उर्जा दिएका छन । शब्दका मल्हम आस गर्दा प्रत्यक्ष भेटका भिटामिन क्याप्सुलहरु पाएको छु। सुखले चिनाएका भन्दा दुखले चिनाएका साथ र सहयोगहरु कैयौ महङा बनिदियका छन। रगतमा बग्ने सम्बन्धमा चाहेर पनि नराम्रो सोच्ने ठाउँ हुन्न। तर मनमा बगेका सम्बन्धहरुमा नराम्रो सोच्नु पर्ने कुनै बाध्यता नै परेन ।
दुख र पिडाले खरिदेका केही सम्बन्ध हरु सधै यस्तै मिठा र झन झन बलिया हुँदै जाउन। जसरी भेट हुन लेखेको थियो त्यसरि नै भयो सम्बन्धका अब तन्किने डोरिहरु बलिया बनुन। सबैको गुन तिर्न सकु तर फरक प्रकृतिले। देखिएका माया र आशाहरुले मनग्य हौसला दिएका छन, म अब्यक्त ति माया र सुभेच्छुक हरु प्रति सधै ऋणि रहने छु । सबैलाइ धेरै धेरै धन्यबाद यो माया, सम्झना, साथ र यो सहयोगको लागि।