धादिङ त्रिपुरा बाराही महिला समूह गठन

Avatar photo
Dhadingpost
आइतवार, असार २५, २०७४

पोखरा २५ असार । धादिङबाट पोखरा आइ पोखराको लेकसाइड बसोबास गर्ने महिलाहरु संगठित भएका छन् ।

धादिङवासी महिलाहरुको एक भेलाले धादिङ त्रिपुरा बाराही महिला समूह गठन गरिएको छ । समूहको अध्यक्षमा कल्पना सापकोटा रहेकी छन् भने प्रथम उपाध्यक्षमा राधिका लम्साल घिमिरे, द्वितीय उपाध्यक्षमा विमला लम्साल रहेका छन् ।

यसैगरी समूहको सचिवमा वविता मल्ल, सह–सचिवमा विन्दा धरेल, कोषाध्यक्षमा लक्ष्मी थापा र सह–कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा सावित्री लम्साल, रेञ्जु थापा, अम्विका थपलिया पाण्डे, जुना श्रेष्ठ, अनिता ढकाल र पार्वती न्यौपाने रहेका छन् ।

भेला धादिङ पारिवारिक समाज लेकसाइडको समन्वयमा भएको हो । भेलामा समाजका अध्यक्ष बलराम लम्साल र सचिव माधव लम्सालले महिला समूह गठनको महत्वबारे प्रकाश पारेका थिए पोखराबाट हरिपन्तले धादिङपोष्टलाई जानकारी दिनु भयो ।